जर्मन सुपर कपको उपाधि बायर्नलाई
काठमाडौं । जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले हात पारेको छ । बुधवार राती भएको फाईनलमा बोरुसिया डर्टमण्डलाई ३–२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । बार्यनको जितमा कोरेन्टिन टोलिसो, थोमस मुलर र जोसुवा किमिचले एक एक गोल गरे ।
सिजनको पहिलो उपाधि दिलाउन बार्यनका कोरेन्टिन टोलिसो खेलको १८ औं मिनेटमा गोल गर्दे अग्रता दिलाए । लगतै खेलको ३२ औं मिनेटमा थोमस मुलरले अर्को गोल गर्दे बार्यनको अग्रता २–० पुर्याए । खेलको ८२ औं मिनेटमा जोसुवा किमिचले निर्णायक गोल गर्दे बार्यनको जित सुनिश्चित गरे । डर्टमण्डका लागि जुलियान ब्रान्डट र अर्लिङ ब्राउट हलान्डले एक एक गोल गरे ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment