रूबेन डियास र म्यान्चेस्टर सिटीबीच सम्झौंता

डिसी नेपाल
१५ असोज २०७७ १०:३४

काठमाडौं । इंग्लिश प्रीमियर लीग (ईपीएल) क्लब म्यान्चेस्टर सिटीले पोर्चुगलका खेलाडी रूबेन डियाससँग सम्भौंता गरेको छ । २३ वर्षीय डियास पोर्चुगल क्लब बेनफिसाबाट अब म्यान्चेस्टर सिटीमा जोडिएका छन । उनले सिटीसँग ६ बर्षको लागि सम्झौंता गरेका छन, अर्थात उनी अब २०२६ सम्म क्लबमा आवद्व रहनेछन ।

डियासले बेनफिसाबाट ३ सिजनका लागि सय भन्दा बढी खेलहरु खेलेका छन । बेनफिसाले २०१८–१९ मा लिगको उपाधि हातपारेको थियो । डियासले पोर्चुगलका लागि १९ खेल खेलेका छन । डियासले भने, “म्यान्चेस्टर सिटी जस्तो क्लबमा आवद्व हुन पाउनु गौरवको कुरा हो, म यसलाई गुमाउन चाहन्न ।” उनले भने, “मलाई लाग्छ मैले याहा धेरै सुधारहरु गर्न सक्छु, एउटा क्लबमा जसको महत्वाकांक्षा मेरो आफ्नै हो र उपाधि जित्न र सफल हुन म यहाँ सबै कुरा दिनेछु।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.