क्यानद्वारा सुझाव सहितको वर्गीकरण प्रतिवेदन पेश गर्न आग्रह
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी वर्गीकरण निर्धारण समितिलाई सुझाव सहितको वर्गीकरण प्रतिवेदन पेश गर्न आग्रह गरेको छ । गत असोज ६ मा बोर्ड बैठकले खेलाडीहरुको करारको लागि १८ पुरुष र १९ महिला खेलाडीहरुलाई बिभिन्न श्रेणीमा वर्गीकरण गरेको थियो । उक्त वर्गीकरण त्रुटी भएको भन्दै क्रिकेट खेलाडी, क्रिकेट बिश्लेषक तथा बिभिन्न ठाउहरुबाट आवाज उठेको थियो । चारैतिरबाट दबाब आएपछि अन्त्यमा क्यानले वर्गीकरण निर्धारण समितिलाई सुझाव सहितको वर्गीकरण प्रतिवेदन पेश गर्न आग्रह गरेको छ ।
क्यानले बिहीवार जारी गरेको बिज्ञप्तीमा वर्गीकरणमा केही महत्वपूर्ण खेलाडीहरुको नाम छुटेको तथा र वर्गीकरणमा न्यायोचित नभएको भन्दै खेलाडीहरुको गुनासो आएको जनाएको छ । तसर्थ क्यानले पुनः वर्गीकरण निर्धारण समितिलाई महिला र पुरुष टोलीका कप्तान, उपकप्तान र प्रशिक्षकहरुसँग छलफल गरि सुझाव सहितको प्रतिवेदन आगामी बोर्ड बैठकमा पेश गर्नको लागि आग्रह गरेको बिज्ञप्तीमा जनाईएको छ ।








डिसी नेपाल








Facebook Comment