भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धी गिरफ्तार
काठमाडौं। भारतीय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धी पक्राउ परेका छन् । उत्तर प्रदेशको ग्रेटर नोएडा एक्सप्रेस वेको इकोटेक –१ थाना षेत्रमा पुलिसले दुवैलाई गिरफ्तार गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । यी दुवै उत्तरु प्रदेशको हाथरसमा सामूहिक बलात्कारपछि क्रुर यातना दिएर मारिएकी दलित बालिकाका परिवारलाई भेट्न जाँदै थिए ।
गाडीमा समर्थकहरुसहित जान लागेका राहुल र प्रियंकालाई सुरुमा पुलिसले ग्रेटर नोएडामा रोकेको थियो । पुलिसले गाडी रोकेपछि दुवै पैदल नै अगाडि बढेका थिए । उनीहरुलाई रोक्ने कोसिसमा पुलिस र कांग्रेस कार्यकर्ताबीच तनाव पनि भएको थियो । यस क्रममा धक्का लागेर राहुल भुइँमा लडेका थिए । पुलिसले उनको कठालो समेत समातेको बताइएको छ । कांग्रेस नेताहरुका अनुसार राहुलको हातमा चोट लागेको छ ।
राहुलले पुलिससँग आफूलाई किन गिरफ्तार गरेको भनेर सोधेपछि पुलिसले उनलाई धारा १८८ उल्लंघनको आरोपमा गिरफ्तार गरिएको बताएको थियो । १८९७ को महामारी कानुन अन्तर्गत सेक्सन ३ मा यदि कसैले कानुनको निर्देशन र नियम तोडेमा उसलाई आइपीसीको धारा १८८ अन्तर्गत गिरफ्तार गर्न पाइने उल्लेख छ । उसलाई सजाय पनि दिन सकिन्छ । यस सम्बन्धमा कुनै सरकारी कर्मचारीको निर्देशन उल्लंघन गरेमा पनि यो धारा लगाउन सकिन्छ ।







डिसी नेपाल








Facebook Comment