आईपीएल : चेन्नइ विरुद्ध हैदराबाद लगातार दुई खेल हारेको चेन्नईसँग जित्ने मौका
मुम्बई। आईपीएलको १३ औं संस्करणको १४ औं खेल चेन्नई सुपरकिंग्स र सनसाइजर्स हैदराबादबीच शुक्रबार हुँदैछ। पछिल्लो दुई खेलमा पराजित भएको एमएस धोनीको टीमसँग जितको खाता खोल्ने मौका छ।
सनराइजर्स हैदराबाद विरुद्ध चेन्नईको रेकर्ड शानदार छ। पछिल्लो ६ खेलको चर्चा गर्ने हो भने चेन्नईले पाँच जित दर्ज गराएको छ। उता टिमबाट बाहिर रहेका अंबाती रायडू र ड्वेन ब्रावोलाई पनि टीममा स्थान मिल्ने संभावना छ।
सुरुवाती दुई खेल हारेपछि हैदराबादले अघिल्लो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो। यस्तो अवस्थामा हैदरावाद चेन्नई विरुद्ध पनि आफ्नो लय बनाइ राख्ने कोशिश गर्नेछ।
प्वाइन्ट टेवलमा हैदराबाद ७ औं र चेन्नई ८ औं नम्बरमा छ। सीएसकले यदि खेल जित्यो भने तीन वटा टीम विरुद्ध १५ खेल जित्ने दोस्रो टीम बन्नेछ। यसअघि मुम्बई इण्डियनले यस्तो मौका पाइसकेको छ।
चेन्नईको टीम अघिल्ला दुई खेलमा राम्रो प्रदर्शन गर्न सकेको छैन। यस्तोमा फिट हुने अवस्थामा अंबाती रायडू र ड्वेन ब्रावोको टिम खेलमा फर्किने संभावना छ। शेन वाट्सन र फाफ डू प्लेसिसमाथि रन बनाउने जिम्मेवारी छ।







डिसी नेपाल








Facebook Comment