वातावरणीय क्षति र दक्षिण चीन सागरमा सैनिकीकरणको दोषी अमेरिका भएको चीनको आरोप

डिसी नेपाल
१६ असोज २०७७ १०:४१

काठमाडौं। चीनले अमेरिकामाथि विश्वव्यापी वातावरणीय क्षतिको प्रमुख जिम्मेवार भएको र दक्षिण चीन सागरमा सैनिकीकरण गर्ने आफ्नो प्रतिबद्धता उल्लंघन गरेको आरोप लगाएको छ । अमेरिकाले चीनमाथि गत हप्ता वातावरणीय क्षतिको जिम्मेवार चीन भएको आरोप लगाएपछि प्रत्युत्तरमा चीनले अमेरिकामाथि नै यस्तो आरोप लगाएको हो ।

अमेरिकाको स्टेट डिपार्टमेन्टले गत हप्ता जारी गरेको एक दस्तावेजमा चीनमाथि यस्तो आरोप लगाइएको थियो जसमा ग्रिनहाउस ग्यास उत्सर्जन, वायु, जल र भूमि प्रदूषण, गैरकानुनी वन फँडानी र अवैध वन्यजन्तु तस्करीको विषयमा चीनको रेकर्डहरु उल्लेख छन् । ‘चिनियाँ नागरिकहरु सबैभन्दा खराब वातावरणीय प्रभावबाट पीडित रहेका बेला बेइजिङले प्राकृतिक संसाधनको चरम दोहन र वातावरणप्रति गैरजिम्मेवार व्यवहारले विश्वव्यापी अर्थतन्त्र र विश्व स्वास्थ्यलाई समेत जोखिममा पारिरहेको छ’ दस्तावेजमा भनिएको छ ।

यसको जवाफमा चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले किन अमेरिकाले जलवायु परिवर्तनका विषयमा भएको पेरिस सम्झौताबाट पछि हटिरहेको छ ? भन्ने प्रश्न गर्दै अमेरिका विश्वव्यापी वातावरणीय साझेदारीको सबैभन्दा ठूलो विध्वंशक भएको आरोप लगाए । वाङले अमेरिकाका सैन्य क्रियाकलापले दक्षिण चीन सागरको शान्ति र स्थिरतामा सबैभन्दा ठूलो गति पुर्याएको समेत आरोप लगाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.