यूएफा अवार्डमा लेवोन्डस्की ‘प्लेयर अफ द इयर’

डिसी नेपाल
१६ असोज २०७७ १३:५९

काठमाडौं । जर्मन फुटबल क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवोन्डस्की ‘यूएफा प्लेयर अफ द इयर’ अर्वार्डबाट पुरस्कृत भएका छन् । सन् २०१९/२० को फुटबल सिजनका सर्वोत्कृष्ट खेलाडीहरूलाई यूएफाले विभिन्न विधामा बर्सेनि पुरस्कार दिँदै आएकोमा यस वर्ष ३२ वर्षीय लेवोन्डस्की पुरूषतर्फको सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन् ।

लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनमा बायर्नले गत सिजन प्रमुख तीन उपाधिहरू- जर्मन बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप जितेको थियो । गएको सिजनमा ५५ गोल गरेका लेवान्डोस्कीले फरवार्ड अफ द सिजन अवार्ड समेत जित्न सफल भए । बायर्नको वर्चस्वता रहेको अवार्डमा बायर्नकै जोसुवा किमिचले ‘डिफेन्डर अफ द इयर’ अवार्ड जिते भने म्यानुएल नुएरले ‘गोलकिपर अफ द इयर’ अवार्ड हात पारे । ‘मिडफिल्डर अफ द इयर’ पुरस्कार म्यान्चेस्टर सिटीका केभिन डी ब्रुएनले पाए ।

सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड पनि बायर्नकै हान्सी फ्लिक हात पारे । महिलातर्फको ‘यूएफा प्लेयर अफ द इयर’ अवार्ड भने पेर्निल हार्डरले जितिन् । चेल्सी तथा आइभोरी कोस्टका पूर्व फरवार्ड डिडिए ड्रोग्बालाई यूएफा प्रेजिडेन्ट्स अवार्डबाट सम्मान गरियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.