एम्सले सुशान्तको मृत्युलाई आत्महत्या भनेपछि ट्वीटरमा धारा ३०२ को माग ट्रेण्डिङ

डिसी नेपाल
१७ असोज २०७७ १४:२७
132
Shares

मुम्बइ। सुशान्त सिंह राजपुतको मृत्युबारे भएको फरेन्सिक जाँचमा अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) ले सुशान्तको हत्या नभएको ठहर गरेको छ । रिपोर्टमा जुन हालतमा अभिनेताको मृत्यु भएको छ त्यसले उनले आत्महत्या गरेको प्रमाणित गर्ने उल्लेख छ । सुशान्तको मृत्युपछि उनकी दिदी श्वेता किर्तिले ट्वीट गर्दै ‘हामीले जित्नेछौं’ लेखेकी छिन् । यी दुई हब्दमार्फत श्वेताले सुशान्तलाई न्याय दिलाउनको लागि जारी लडाइँप्रति विश्वास देखाएकी छिन् ।

श्वेताको यो ट्वीटसँगै ट्वीटरमा सुशान्तको लागि न्यायको आवाज फेरि चर्को रुपमा उठ्न थालेको छ । एम्सको रिपोर्टप्रति फ्यानहरुले असन्तुष्टि जनाउँदै ट्वीट गर्न थालेपछि ह्याशट्याग एम्स र ह्याशट्याग ३०२फरएसएसआरकिलर्स ट्रेण्ड गरिरहेको छ । फ्यानहरुले दोषीहरुलाई भारतीय दण्ड विधानको धारा ३०२ अन्तर्गत सजाय दिन माग गरेका छन् । धारा ३०२ मा हत्याका दोषीलाई मृत्युदण्ड वा आजीवन कारावासको सजायको व्यवस्था गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.