चीनले भन्यो – ‘कोरोनाभाइरसको कारण भएको १० लाख मृत्युको दोष अमेरिकाले लिनुपर्छ’
काठमाडौं। चीनले कोरोनाभाइरसका कारण विश्वभर १० लाख मानिसको मृत्यु भएको दोष अमेरिकाले लिनुपर्ने बताएको छ । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले ‘कोभिड १९ बाट भएका १ मिलियन मृत्युबाट सिक्नुपर्ने पाठ’ शीर्षकमा सम्पादकीय प्रकाशित गर्दै महामारीबाट सबैभन्दा प्रभावित र सबैभन्दा शक्तिशाली देशको हैसियतमा अमेरिकाले यसको जिम्मेवारी लिनुपर्ने बताएको हो ।
भाइरससँग लड्न विश्व समुदायसँग क्षमता विकसित हुन नसकेको अवस्थामा अमेरिकाले भाइरसविरुद्ध विश्वव्यापी साझेदारीबाट पन्छिएर निष्क्रिय रवैया कायमै राखेकोप्रति आक्रोश व्यक्त गर्दै ग्लोबल टाइम्सले अमेरिकाको यस्तै रवैया कायम रहेमा मानवले अझै पीडादायी मूल्य चुकाउनुपर्ने बताएको छ । यो महामारीबाट मारिनेको संख्या कोरियाली युद्ध, इराक युद्धसहित ५ युद्धमा मारिनेको संख्याभन्दा पनि बढी भइसकेको सम्पादकीयमा लेखिएको छ ।
महामारीसँगको लडाइको क्रममा हाम्रो शत्रु को हो भन्ने प्रस्ट भइसकेको बताउँदै ग्लोबल टाइम्सले लेख्छ ‘कोरोनाभाइरससँग लड्न विश्वव्यापी साझेदारी आवश्यक छ भन्ने प्रस्ट भइसकेको छ । यद्यपि महामारीविरुद्ध केही लुपहोलहरु बाँकी नै रहन्छन् । वाशिङटनले विश्वव्यापी सहकार्यमा बाधा पुर्याइरहेको छ र यसले सार्वजनिक स्वास्थ्यमा अझै संक्रमण र अधmै मृत्युको जोखिम बढाइरहेको छ ।’







डिसी नेपाल








Facebook Comment