नारायणी नदीले बगाएको पोथी गैँडा मृत फेला

डिसी नेपाल
१७ असोज २०७७ १६:१४

भरतपुर । नारायणी नदीले बगाएको पोथी गैँडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको नवलपरासीको त्रिवेणी पोष्ट क्षेत्र नारायणी नदी किनारमा गैँडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

अन्दाजी ३० वर्षको पोथी गैँडा दिउँसो १२ः३० बजे फेला परेको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिए । गैँडा बाढीले बगाएर लगेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । गैँडाको खाग सुरक्षित रहेको निकञ्जले जनाएको छ । हिजो मात्रै निकुञ्जअन्तर्गत नवलपुरको लामीचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा एउटा गैँडा मृत फेला परेको थियो । चितवन राष्ट्रिय निकुञ्जमा यो आर्थिक वर्षमा मात्र विभिन्न कारणले पाँच वटा गैँडा मरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.