फ्रेन्च लिगमा नेमारको दुई गोल, पीएसजी द्वारा एन्जर्स ६–१ ले पराजित

डिसी नेपाल
१८ असोज २०७७ १२:०९
4
Shares

काठमाडौं । स्टार फुटबलर नेमारले जारी सिजनमा पहिलो गोल गरेका छन । फ्रेन्च लिगमा पीएसजीका तर्फबाट उनले दुई गोल गर्दा एन्जर्स ६–१ ले पराजित हुन पुगेको छ । नेमारले खेलको ३६ औं र ४७ औं मिनेटमा गोल गरेका थिए । खेलको सुरुवातमै पीएसजीका एलेसान्द्रो फ्लोरेन्जी गोल गर्दे टोलीलाई अग्रता दिलाए । एलेसान्द्रोले सुरुवाती सातौं मिनेटमा गोल गरे ।

नेमार र एलेसान्द्रोको गोलपछि पीएसजीका जूलियन ड्रैक्सलर खेलको ५७ औं मिनेटमा अर्को गोल गरे । अतिरिक्त खेलाडीको रुपमा मैदानमा प्रवेश गरेका इदरिसा गुएएले खेलको ७१ औं मिनेटमा गोल गर्दा पीएसजीको अग्रता ५–१ भयो । त्यस्तै खेलको ८४ औं मिनेटमा किलियान एमबापेले गोल गर्दा पीएसजी ६–१ ले विजयी भयो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.