एनसेलले ल्यायो चाडपर्व लक्षित ‘कुरै कुरामा उपहार’ योजना
काठमाडौं । चाडपर्वको आगमनसँगै एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदालिदै आफ्ना साथीभाइ, परिवार तथाआफन्तजनहरुसँग कुरा गर्न सक्छन् र साथै दैनिक, साप्ताहिक र बम्पर उपहारहरु जित्नपनि सक्नेछन् ।
एनसेल आजियाटा लिमिटेडले आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाईस सेवाकाग्राहककालागिआकर्षक योजना ‘कुरै कुरामाउपहार’ ल्याएको छ । यस योजनाअन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वाअन्तर्राष्टिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवाप्रयोग गरी आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन् ।
दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाको मुख्यविषेशताहरु हुन् । प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यतिनै धेरै उपहार जित्ने मौका पाउनेछन् । यो आकर्षक योजना असोज १८ देखि लागु भई मंसिर १३ सम्म कायम रहनेछ ।
चाडपर्वको अवसरमा ल्याइएको यो योजनाबाट फाइदालिनएनसेलकाप्रिपेड ग्राहकले १७१०७ मा डायल गरी सजिलै निःशुल्क सहभागिहुन सक्नेछन् ।
यस योजनामा सहभागिहुने बित्तिकै ग्राहकले हरेक दिनभ्वाइस कल गर्नका लागिनिश्चितमिनेटको लक्ष्यपाउनेछन् । तोकिएको निश्चितमिनेटको भ्वाइस कल गर्ने बित्तिकै ग्राहकले त्यहीदिनको मध्यरात सम्मको समयसिमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउनेछन् र यस योजनाअन्तर्गतको उपहार जित्न योग्यहुनेछन् ।







डिसी नेपाल








Facebook Comment