चेन्नईको धमाकेदार जित, मुम्बई शीर्ष स्थानमा उक्लियो
काठमाडौं। यूएईमा जारी आईपीएलको आइतबारको दोस्रो खेलमा चेन्नई सुपर किंग्सले शानदार जित हात पारेको छ। १७९ रनको लक्ष्य पछ्याएको चेन्नईले किंग्स एलेभन पञ्जावलाई १० विकेटले पराजित गर्दै अंक तालिकामा महत्वपूर्ण २ अंक जोड्यो।
टस जितेर पहिला ब्याटिंग गरेको पञ्जावलले ४ विकेटमा १७८ रन बनाएको थियो। जवाफी ब्याटिंग गरेको चेन्नईले विनाक्षति १७ ओभर ४ बलमा १८१ रन बनायो। चेन्नईको जितमा ओपनर शेन वाट्शनले नटआउट ५३ बलमा ८७ रन बनाए भने अर्का ओपनर फाप डू प्लेसीले पनि नटआउट ५३ बलमा ८३ रन बनाए।
यी दुई ओपनरबीच पहिलो विकेटका लागि १८१ रनको साझेदारी भयो। आईपीएलमा कुनै पनि टिमविरुद्ध चेन्नइेले गरेको यो सर्वाधिक धेरै रनको साझेदारी हो।
जितसँगै चेन्नई अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा उक्लिएको छ। उसले ५ खेलमा तीन हार र दुई जितसहित ४ अंक जोडेको छ। उता पञ्जाव भने अंक तालिकाको पुछारमा झरेको छ। उसले ५ खेलमा एक जित र ४ हार व्यहोरेको छ।
आइतबार नै भएको पहिलो खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई ४३ रनले पराजित गर्दै अंक तालिको शीर्ष स्थान कब्जा गरेको थियो। पहिला ब्याटिंग गरेको मुम्बईले ५ विकेटमा २०८ रन बनाएको थियो भने जवाफी ब्याटिंग गरेको हैदरावादले ७ विकेटमा १७४ रनमात्र बनाउन सक्यो। जितपछि ५ खेलमा ३ जित हातपारेको मुम्बई नेटरन रेटका आधारमा ६ अंकसहित शीर्ष स्थानमा उक्लियो। ४ि खेलमा ३ जित हात पारेको दिल्ली पनि ६ अंकसहित दोस्रो स्थानमा छ।







डिसी नेपाल








Facebook Comment