बलिउड अभिनेत्री मुखर्जीको २७ वर्षकै उमेरमा निधन
मुम्बइ। बलिउड अभिनेत्री मिष्टी मुखर्जीको निधन भएको छ । मृगौला फेल भएका कारण शुक्रबार अमेर राती उनको बैंगलोरमा निधन भएको हो । बताइएअनुसार कीटो डाइट लिएका कारण उनको स्वास्थ्य बिग्रिएको हो । उनको परिवारको प्रतिनिधिको तर्फबाट जारी वक्तव्यमा यस्तो जानकारी दिइउको छ । उनको शनिबार अन्तिम संस्कार गरिएको बताइएको छ ।
रिपोर्टका अनुसार मिष्टीले २०१२ मा फिल्म लाइफ की तो लग गइ बाट बलिउड डेब्यू गरेकी थिइन् । त्यसपछि उनी २०१३ मा आएको फिल्म मैं कृष्णा हुँ को एक गीतमा रजनीश दुग्गलसँग देखिएकी थिइन् । यसका अलावा मिष्टीले केही आइटम नम्बर पनि गरेकी थिइन् । उनले हिन्दी फिल्मका साथै बंगाली र तेलुगु फिल्ममा पनि काम गरेकी थिइन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment