कोरोना रोकथाममा सरकारको उदासिनताले पराकाष्ठा नाघ्यो : काँग्रेस
फाइल
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले कोरोना संक्रमण रोक्न उदासिनता देखाएको भन्दै आपत्ति प्रकट गरेको छ। काँग्रेसले गठन गरेको कोभिड १९ अगुमन समितिले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कोरोना संक्रमणको रोकथाममा सरकारी उदासिनताले पराकाष्ठा नाघेको छ। संक्रमितहरुको सम्पर्कमा आएकाको ट्रेसिङ गरी परिक्षण र आइसोलेशनको व्यवस्था गर्नु त परै जावस् जो परीक्षणबाट संक्रमित देखिएका छन्, उनीहरुको समेत समुचित आइसोलेशनको व्यवस्था सरकारले गरेको छैन।’
काँग्रेसले सरकार कोरोना संक्रमण रोकथाममा गैर जिम्मेवार ढंगबाट अगाडि बढेको बताएको छ।
काँग्रेस सहमहामन्त्री तथा कोभिड १९ अनुगमन समितिका संयोजक डा. प्रकाशसरण महतले सोमबार विज्ञप्ति जारी गर्दै, ‘विशेषत काठमाडौं उपत्यकामा जसको आइसोलेसनमा बस्नको लागि समुचित व्यवस्था छैन, जो डेरामा बस्छन् या घरै भए पनि मापदण्ड अनुरुप बस्ने व्यवस्था छैन, उनीहरुको विचल्ली भएको छ र यी संक्रमितहरुबाट थप संक्रमण फैलने परिस्थिति बनेको छ।’
प्रेस विज्ञप्ति
कोरोना संक्रमणको रोकथाममा सरकारी उदासिनताले पराकाष्ठा नाघेको छ। संक्रमितहरुको सम्पर्कमा आएकाको ट्रेसिङ गरी परिक्षण र आइसोलेशनको व्यवस्था गर्नु त परै जावस् जो परीक्षणबाट संक्रमित देखिएका छन्, उनीहरुको समेत समुचित आइसोलेसनको व्यवस्था सरकारले गरेको छैन। विशेषत काठमाडौं उपत्यकामा जसको आइसोलेसनमा बस्नको लागि समुचित व्यवस्था छैन, जो डेरामा बस्छन् या घरै भए पनि मापदण्ड अनुरुप बस्ने व्यवस्था छैन, उनीहरुको विचल्ली भएको छ र यी संक्रमितहरुबाट थप संक्रमण फैलने परिस्थिति बनेको छ।
कतिपय संक्रमितहरु जो डेरामा बस्छन् या बाहिरबाट आएर परीक्षण गर्दा पोजेटिभ देखिएका छन्, सरकारी निकायहरुसँग फोन गरी आइसोलेसनमा बस्न माग गरेका छन्, उनीहरुलाई समेत केही दिनपछि सम्पर्क गर्नु भनेर पन्छाएको स्थिति छ। जसका कारण ती संक्रमितहरुले आफू संक्रमित भएको कुरा लुकाएर बस्नु पर्ने परिस्थिति बनेको छ। यसले गर्दा संक्रमण झन बढ्ने खतराप्रति सरकार पुरै उदासिन छ।
जसको मापदण्ड अनुरुपको आफ्नो बस्ने व्यवस्था छैन, ती संक्रमितहरुलाई अनिवार्य रुपमा सरकारले आइसोलसनको तत्काल समुचित व्यवस्था गर्न हामी जोडदार माग गर्दछौं। साथै, जो संक्रमितहरुमा कोभिड–१९ को लक्षणहरु देखिएका छन्, उनीहरुलाई पनि अस्पतालमा उपचारको समुचित व्यवस्था गर्न सरकारसँग हामी माग गर्दछौं।
डा प्रकाशशरण महत
सहमहामन्त्री
एवं
संयोजक, कोभिड—१९ अनुगमन समिति







डिसी नेपाल







Facebook Comment