बजारमा जताततै म्याद नाघेका खाद्यवस्तु

डिसी नेपाल
२१ असोज २०७७ १६:५९
84
Shares

काठमाडौं। काठमाडौंको कालोपुलमा सञ्चालन भएको मेडलिज टे«डर्समा करीब १० लाख रुपैयाँ बराबरका म्याद सकिएका खाद्यबस्तु भेटिएका छन्। महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमनका क्रममा बुधबार यी सामाग्री भेटिएका हुन्। टे«डर्सकी सञ्चालका भगवती सिग्देलले भनिन्, ‘लकडाउन भयो। सामान हेर्न भ्याइएन। तपाईहरु अर्कोपटक आउँदा, सुधार भएको पाउनु हुनेछ।’

पसलमा बट्टामा प्याकिङ् गरिएका खानेकुरा, चामल, बिस्कुट, चकलेट, चिउरा, अचारलगायतका सामान थिए।

अनुगमन टोलीले सञ्चालकलाई ३ दिनभित्र कृषि बिभागमा हाजिर हुन निर्देशन दिएको छ।

मार्टमा भएका अधिकांश सामान उपभोग गर्ने अवस्थाका देखिएनन्। कृषि बिभागका प्रमुख एवं अनुगमन टोलीका संयोजक हरिबहादुर भण्डारी भन्छन्, ‘यो समस्या अधिकांश मार्टमा देखिएको छ।’

‘गुणस्तरीय सामानका लागि मार्टमा जाने उपभोक्ता गुणस्तरमा झन् ठगिएका छन्।’, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्छन्, ‘राम्रा भनिएका ठाउँमा समस्या छ। अन्यत्र के होला?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.