डा. केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच ब्रेकपछि फेरि बैठक जारी

डिसी नेपाल
२२ असोज २०७७ १७:०९
100
Shares

काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनशन बसेका अभियन्ता प्रा. डा गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच बिहीबार दोस्रो चरणको वार्ता जारी छ। शिक्षा मन्त्रालय सिंहदरबारमा जारी वार्ताको पहिलो चरणमा अनशनर डा केसीका ६ बुँदे मागबारे छलफल भएको थियो। त्यसपछि ब्रेक भयो र अहिले ४ बजेपछि फेरि छलफल शुरु भएको हो।

दोस्रो चरण्मा सहमतिको खाका बनाएर सरकारी वार्ता टोली प्रस्तुत भएको जनाइएको छ। तर, सो खाकामा के छ भन्नेबारे जानकारी दिइएको छैन।

वार्तामा सरकारी वार्ता टोलीको नेतृत्व शिक्षा सचिब गोपिनाथ मैनालीले गरेका छन् भने प्रा डा केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकतत्वमा डा.अञ्जनी झा, डा लोचन कार्की, अधिवक्ता ओम प्रकाश अर्याल वार्तामा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.