वार्नर–बेयरस्टोले धुवाँधार ब्याटिंग गर्दा हैदरावादले पञ्जावलाई दियो २०२ को लक्ष्य

डिसी नेपाल
२२ असोज २०७७ २१:४९
124
Shares

काठमाडौं। यूएईमा जारी आईपीएलको २२ औंमा बिहीबार सनराइसर्ज हैदरवादका लागि दुबै ओपनर डेबिड वार्नर र जोनी बेयरस्टोले धुवाँधार ब्याटिंग गरेका छन्। टस जितेर पहिला ब्याटिंग गरेको हैदरवादका लागि वार्नर र बेयरस्टोले पहिलो विकेटका लागि १६० रनको साझोदारी गरेका थिए।

किंग्स एलेभन पञ्जावविरुद्ध हैदरावादले ५ विकेटमा २०१ रन बनाएको छ।

बेयरस्टोले ५५ बलमा ९७ रन बनाए भने वार्नरले ४० बलमा ५२ रन बनाए। १६० को स्कोरमा वार्नर आउट आएपछि सोही ओभरमा बेयरस्टो पनि आउट हुँदा विशाल स्कोरतर्फ अगाडि बढेको हैदरवादको रन गतिमा ब्रेक लागेको थियो। पञ्जावका स्पीनर रवि विस्नोईले एकै ओभरमा दुबै ओपनरलाई आउट गरेका थिए। उनले तीन विकेट लिए।

जवाफी ब्याटिंग गर्न पञ्जाव केहीसमय पछि मैदानमा आउने छ। जारी प्रतियोगितामा पञ्जाव राम्रो प्रदर्शन गरे पनि खेल जित्न नसकेको अभागी टिम बन्दै आएको छ। पञ्चाव अंक तालिकाको पुछारमा छ भने हैदरावाद छैटौं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.