अनुराग कश्यपमाथि यौनशोषणको आरोप लगाउँदा आफैं फसिन् पायल, ऋचाले जितिन् केस
मुम्बइ। बलिउडका दुई अभिनेत्री ऋचा चड्ढा र पायल घोषबीच अहिले कानुनी लडाइँ चलिरहेको छ । पायल घोषले केही दिनअघि निर्देशक अनुराग कश्यपमाथि यौनशोषणको आरोप लगाएकी थिइन् । यस क्रममा पायलले ऋचा चड्ढालाई पनि त्यसमा मुछेकी थिइन् । पायलले आफूलाई मुछेपछि ऋचाले पायलविरुद्ध बाम्बे हाइकोर्टमा मानहानीको मुद्दा हालिदिइन् । यो मुद्दा ऋचाले जितेकी छिन् । अदालतले पायललाई ऋचासँग बिना शर्त माफी माग्न आदेश दिएको र पायलले अदालतमै माफी मागेको समाचारमा जनाइएको छ । यो मुद्दामा ऋचाले दावी गरेको मानहानीको क्षतिपूर्तिबारे भने फैसला हुन बाँकी छ ।
ऋचाले आफ्नो आधिकारिक इन्स्टाग्राममा बाम्बे हाइकोर्टको फैसलाको कपी शेयर गर्दै आफूले केस जितेको बताएकी छिन् । उनले फैसलाको कपी शेयर गर्दै लेखेकी छिन् ‘हामीले जित्यौं, सत्यमेव जयते । म बाम्बे हाइकोर्टप्रति आभारी छु । यो फैसला अब सार्वजनिक रेकर्डमा छ । हाइकोर्टको वेबसाइटमा उपलब्ध छ । तपाइँको समर्थनको लागि धन्यवाद । अर्को सुनुवाइ १२ अक्टोबरमा छ जो यो फैसलामा उल्लेख छ ।’
When the matter is sub-judice and verdict is not yet passed, how Ms. Chadhha claims to have won. I agreed to hon’ble HIgh Court suggestion to settle d matter amicably on 12th October. Making false claim of win amounts to “contempt of Court “. https://t.co/IQzfQhG2Zn
— Payal Ghosh (@iampayalghosh) October 9, 2020
ऋचाको यो पोस्टपछि पायल घोषले ट्वीटरमा प्रतिक्रिया दिउकी छिन् । उनले आफ्नो ट्वीटमा लेखेकी छिन् ‘जब फैसला विचाराधीन छ र अहिलेसम्म आएको छैन भने मिस चड्ढाले कसरी केस जितेको दावी गर्न सक्नुहुन्छ ? म १२ अक्टोबरमा मुद्दाको छिनोफानो गर्नको लागि हाइकोर्टको सुझाव मान्नको लागि सहमत छु । अदालतको अवहेलनाको लागि जीतको राशीको झुटो दावी गरिएको छ ।’ सामाजिक संजालमा ऋचा चड्ढाको पोस्ट र पायल घोषको ट्वीट भाइरल भइरहेको छ ।
निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाएकी पायल घोषले बुधबार बाम्बे हाइकोर्टलाई आफूले आफ्नो बयानको विषयमा ऋचा चड्ढासँग बिना शर्त माफी मागेको बताएकी छिन् । चड्ढाका वकिलले चड्ढाले माफीनामा स्वीकार गरेको बताएका छन् । तर, अदालतबाट बाहिर निस्कनासाथ पायल अचानक बदलिइन् र उनले ऋचासँग माफी माग्न अस्वीकार गरिन् । यद्यपि ऋचा चड्ढाले केस गरेपछि पायलले सामाजिक संजालमा आफ्नो लडाइ केवल अनुराग कश्यपविरुद्ध भएको र ऋचा चड्ढासँग आफ्नो कुनै लेखदेन नभएको बताएकी थिइन् ।







डिसी नेपाल








Facebook Comment