पहिलो जेम्स बोन्ड फिल्ममा उर्सुलाले लगाएको चर्चित बिकिनी करोडौंमा बिक्री हुँदै
काडमाडौं। पहिलो जेम्स बोन्ड फिल्ममा अभिनेत्री उर्सुला आन्द्रेसले लगाएको चर्चित आइकोनिक बिकिनी करोडौंमा बिक्री हुने भएको छ । यो बिकिनी उर्सुलाले पहिलो जेम्स बोन्ड फिल्म डा. नो मा चर्चित समुद्रकिनारको दृश्यमा लगाएकी थिइन् । अब यो बिकिनी लिलामी हुँदैछ । अक्सनर्स प्रोफाइल इन हिस्ट्रीलाई उद्धृत गर्दै डेलीमेलले लेखेअनुसार यो चर्चित आइभरी रंगको बिकिनी आगामी अक्सनमा लिलामी हुँदैछ ।
उर्सुला आन्द्रेसको बिकिनी यही नोभेम्बर १२ र १३ मा लस एन्जल्समा लिलामी हुनेछ । यसको अनुमानित बिक्री मूल्य ५ लाख डलर (५ करोड ८५ लाख नेपाली रुपैयाँ) सम्म पुग्न सक्ने बताइएको छ । अहिले ८४ वर्षकी उर्सुलाले सन् १९६२ मा फिल्म डा. नो मा हनी राइडरको भूमिका निभाएकी थिइन् । फिल्ममा उनले जुन बिकिनी लगाएकी थिइन् त्यो निकै चर्चामा रह्यो ।
उर्सुलाले यो बिकिनी पहिलो पटक सन् २००१ मा लण्डनमा एक लिलामीमा बेचेकी थिइन् । त्यतिबेला यो ४५ हजार २ सय डलरमा बिक्री भएको थियो । यस पटक यसको अनुमानित मूल्य पहिलेको भन्दा १० गुणाभन्दा पनि बढी छ । अक्सनर्स प्रोफइल इन हिस्ट्री प्रमुद ब्रेन चान्सले यो बिकिनीलाई विश्वको सबैभन्दा चर्चित बिकिनीको रुपमा मानिने बताएका छन् । फिल्म डा. नो ५ अक्टोबर १९६२ मा रिलिज भएको थियो ।







डिसी नेपाल








Facebook Comment