महेन्द्र सिंह धोनीकी ६ वर्षकी छोरीलाई बलात्कारको धम्की !

डिसी नेपाल
२४ असोज २०७७ १४:४३
6.2k
Shares

काठमाडौं। जारी इण्डियन प्रिमियर लिगमा महेन्द्र सिंह धोनीको प्रदर्शनबाट असन्तुष्ट फ्यानहरुले सामाजिक संजालमा सबै हद पार गरेका छन् । ट्रोलरहरुले धोनीकी पत्नी साक्षीको इन्स्टाग्राममा उनकी ६ वर्षकी छोरी जीवालाई बलात्कारको धम्की दिएका छन् । अभिनेत्री नगमाले यसको निन्दा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीसँग देशमा के भइरहेको छ भनेर सोधेकी छिन् ।

कर्नाटककी विधायक सोम्या रेड्डीले भनेकी छिन् ‘यो निकै दुखद छ । हाम्रो देशमा के भइरहेको छ ? यो हामी कतातिर गइरहेका छौं ?’ महाराष्ट्रमा शिवसेनाकी राज्यसभा सांसद प्रियंका चतुर्वेदीले लेखेकी छिन् ‘आज सामाजिक संजालको कसरी गलत प्रयोग भइरहेको छ ? यो यसको ठूलो उदाहरण हो ।’

आइपिएलमा बुधबार कोलकाता नाइटराइडर्सविरुद्ध धोनीको कप्तानी रहेको चेन्नइ सुपरकिंग्सले १६८ रनको लक्ष्य पाएको थियो । यसको जवाफमा चेन्नइले १५७ रन मात्र बनाउन सक्यो र १० रनले खेल हार्यो । खेलमा धोनीले १२ बलमा ११ रन मात्र बनाउन सकेका थिए । जारी सिजनमा चेन्नइले ६ खेलमा २ वटा मात्र जितेको छ र तालिकामा छैटौं स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.