‘लाजको घुम्टी’मा गायकको रियल जोडी [भिडियो]
काठमाडाै । बजारमा चलेको ट्रेन्डभन्दा फरक शैलीका गीत गाउन रुचाउने गायक अमृत क्षेत्रीलाई ‘मग मग’, ‘मेरो निम्ति हाँसि दिने’, ‘चल्छ नेपालमा’, ‘मैले हेर्ने यौटा तारा’ लगायतका गीतले संगीत प्रेमीमाझ चिनाएको छ । उनले हालै एक रोमान्टिक गीत ‘लाजको घुम्टी’सार्वजनिक गरेका छन् ।
अम्बिका गुरुङको शब्द रहेको गीतमा गायक क्षेत्री स्वयंको संगीत छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा गायक क्षेत्रीले आफ्नी श्रीमती संगीता क्षेत्रीसँग अभिनय गरेका छन् । यसअघि यो जोडीले ‘मग मग’ बोलको गीतमा एकसाथ अभिनय गरेका थिए । उनिहरुले गीतकार अम्बिका गुरुङको आग्रहमा ‘लाजको घुम्टी’ मा आफूहरुले अभिनय गरेको बताए ।
‘लाजको घुम्टी’ धेरैको जीवनसँग मिल्ने र आफ्नो जीवनसँग पनि नजिक रहेको उनी बताउँछन् । ‘प्रेम गर्ने जो कोहीलाई गीतले छुन्छ । मेरो जीवनसँग पनि यो गीत नजिक छ,’ उनले अगाडि भने – ‘गीतमा आफ्नी प्रियसीको सुन्दरताको बयान गरिएको छ । मैले गाएका रोमान्टिक गीतमध्ये यो निकै मन परेको छ ।’
आफ्नो जनरा सेमिक्लासिक भए पनि फरक गीत गर्न रुचाउने उनको भनाई छ । गीतको भिडियोमा बुद्द थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको छ ।







डिसी नेपाल








Facebook Comment