विश्व हक्की वरियतामा नेपालको ऐतिहासिक फड्को

डिसी नेपाल
२५ असोज २०७७ १६:५९
664
Shares

काठमाडौं । नेपालको सबैभन्दा पुरानो खेलमध्ये एक हक्कीले नेपाल हक्की इतिहासमा आईतवार ऐतिहासिक फड्को मार्न सफल भएको छ । अन्तराष्ट्रिय हक्की संघ (एफआईएच)ले जारी गरेको ईन्डोर हक्की वरियतामा नेपाल पहिलो पटक पर्न सफल भएको छ । एफआईएचको नयाँ वरियतामा पुरुष तर्फ नेपाल ३७ औं स्थानमा रहन सफल भएको छ । पुरुष वरियताको पहिलो नम्बरमा अष्ट्रिया रहेको छ । एसिया महादेशमा पुरुष तर्फ नेपाल ९ औं स्थानमा रहन सफल भएको छ । नेपाल भन्दा माथि मलेसिया, थाईल्यान्ड, बङलादेश रहेका छन । एसिया महादेशमा ईरान पहिलो स्थानमा रहेको छ ।

त्यस्तै एफआईएचको नयाँ वरियतामा महिला तर्फ नेपाल ४२ औं स्थानमा रहन सफल भएको छ । महिला वरियताको पहिलो नम्बरमा जर्मनी रहेको छ । एसिया महादेशमा महिला तर्फ नेपाल ७ औं स्थानमा रहेको छ । नेपाल भन्दा माथि ईरान, चाईनिज ताईपेई, उज्बेकिस्तान रहेका छन ।

विगत लामो समय देखी आपसी विवादमा रहेको नेपाल हक्की संघलाई यो सफलताले केही राहत दिएको छ । यो संगै कुनै समयमा नेपाली खेलकुद ईतिहासमा सम्भावना बोकेर हिडेको यो खेललाई यो वरियताले गत बर्ष नेपालमा सम्पन्न दक्षिण एसियाली खेलकुदमा हक्की नपर्नुको पिडामा मल्हम अवश्य लगाउने छ । सँगै संघको विवादले गर्दा गुमनामा रहेका नेपाली हक्की खेलाडीहरुको आत्मबल पनि बलियो बनाउन अवश्य सहयोग पुग्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.