हैदरावादमाथि राजस्थानको रोमाञ्चक जित

डिसी नेपाल
२५ असोज २०७७ १९:३७
224
Shares

काठमाडौं। राजस्थान रोयल्सका सनसनी राहुल तेवतियाले फेरि सनसनीपूर्ण इनिंग खेलेपछि आइतबार भएको आईपीएलको पहिलो खेलमा राजस्थानले सनराइजर्स हैदरावादमाथि रोमाञ्चक जित हात पारेको छ।

१५९ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि तेवतियाले नटआउट २८ बलमा ४५ रन बनाए। यस्तै अर्का युवा ब्याट्सम्यान रियान परागले पनि नटआउट २६ बलमा ४२ रन बनाए। टिमलाई जितका लागि २ बलमा २रन आवश्यक रहेको बेला परागले फुलटस बलमा छक्का प्रहार गर्दै जित दिलाए। यी दुई ब्याट्सम्यानबीच ७ ओभर ५ बलमा ८५ रनको साझेदारी भएको थियो। राजस्थानले पहिलो तीन विकेट २६ रनमै गुमाउँदा संकटमा परेको थियो।

पहिला ब्याटिंग गरेको हैदरावादले ४ विकेटमा १५८ रन बनाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.