चीनमै हुवावे संकटमा

डिसी नेपाल
२६ असोज २०७७ ९:३४
236
Shares

काठमाडौं। चीनको स्मार्टफोन कम्पनी हुवावे चीनमै नयाँ संकटमा परेको छ । फोर्ब्सको रिपोर्टअनुसार अन्तर्राष्ट्रिय बजारमा सामसुङ, गुगलसँग प्रतिस्पर्धा र साथमा प्रतिबन्धका कारण खस्किएको हुवावेको बजार अहिले चीनमा केन्द्रित छ । अमेरिकी प्रतिबन्धका बावजुद आफ्नो बजारमा होल्ड कायमै राखेको हुवावेको अहिले मुख्य बजार चीन हो । अहिले हुवावेले विश्वको नम्बर १ स्मार्टफोनको स्थान लिएको छ तर यो कायमै रहनेमा आशंका छ ।

हुवावेको कूल बजारको ७० प्रतिशत हिस्सा अहिले चीनले ओगटेको छ । तर, चीनभित्र पनि यो हिस्सामा अब विस्तारै चीनकै प्रतिस्पर्धीहरुको नियन्त्रण हुन सक्ने आंकलन गरिएको छ । चीनका श्याओमी, भीभो, ओप्पो लगायतका स्मार्टफोन कम्पनीहरुले लिने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमान हुवावेको मुख्य प्रतिस्पर्धी सामसुङको यो वर्षको तेस्रो त्रैमासिकको मुनाफा ५८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यसले सामसुङले पुनः विश्वकै सर्वाधिक बिक्री हुने स्मार्टफोनको स्थान लिन सक्छ ।

पछिल्लो समय हुवावेलाई अमेरिकाले प्रतिबन्ध लगाएपछि यसको सबैभन्दा ठूलो लाभ सामसुङले पाउनेछ । पछिल्लो समय हुवावेलाई कालोसूचीमा राखिएपछि यसले २०२१ को बिक्रीलाई प्रभावित पार्नेछ । पछिल्लो समय हुवावेले अन्तर्राष्ट्रिय बजार गुमाइरहेको छ । गुगलको सफ्टवेयर र सेवा प्रतिबन्धित भएपछि तत्कालको लागि एन्ड्रोइडको भरपर्दो विकल्प नहुँदा यसले हुवावेलाई प्रभावित पार्यो । हुवावेले अहिले आफ्नो काम नयाँ अपरेटिङ सिस्टम हार्मोनीओएसमा केन्द्रित गरेको छ र यो २०२१ सम्म आउने अनुमान गरिएको छ ।

मिडिया रिपोर्टका अनुसार अहिले बजारमा प्रयोगमा रहेका हुवावेका २०० मिलियन डिभाइसहरु २०२१ मा ५० मिलियनमा झर्ने अनुमान गरिएको छ । र, १५० प्रयोगकर्ताहरु जसले हुवावे डिभाइस खरिद गर्न सक्थे, उनीहरु अन्यत्रै जान सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.