अमेरिकी राष्ट्रपतिको निर्वाचनमा सेनाको कुनै भूमिका नहुने
Chairman of the Joint Chiefs of Staff Army General Mark Milley arrives on July 9, 2020, for a House Armed Services Committee hearing on "Department of Defense Authorities and Roles Related to Civilian Law Enforcement," in Washington, DC. (Photo by Greg Nash / POOL / AFP) (Photo by GREG NASH/POOL/AFP via Getty Images)
काठमाडौं। अमेरिकी राष्ट्रपतिको निर्वाचनमा सेनाको कुनै भूमिका नहुने अमेरिकी सेनाका ज्वाइन्ट चीफ अफ स्टाफ जनरल मार्क मिलेले बताएका छन् । एनपीआरको मर्निङ एडिसनसँग कुरा गर्दै जनरल मिलेले आफूलाई निर्वाचनसम्बन्धित मामिलामा अमेरिकी संस्थानहरुको भूमिकामा पूर्ण विश्वास भएकोले सेनाले राजनीतिमा कुनै भूमिका नखेल्ने बताए ।
‘हामीले २४० वर्ष लामो गैर रजनीतिक सेनाको संस्कार स्थापित गरेका छौं र सेनाले आन्तरिक राजनीतिमा कुनै संलग्नता हुने छैन’ आइतबार मिलेले आइतबार एनपीआरका स्टिभ इन्स्किपसँग भने । मिलेले पहिलो पटक अन रेकर्ड अन्तरवार्तामा विवादित निर्वाचनको सम्भावनाबारे बोलेका हुन् । ‘हामी अमेरिकी सेना हाम्रो नागरिक नेतृत्वको निर्देशन पालना गर्नको लागि प्रतिबद्ध छौं’ उनले भने ‘हामी विश्वास दिलाउन चाहन्छौं कि सेनामा नागरिक नेतृत्व, नागरिक नियन्त्रण र नागरिक नेतृत्वको कानुनसम्मत निर्देशनको पालना गर्ने प्रतिबद्धता हुनेछ ।’
निर्वाचन विवादित हुन सक्ने सम्भावनाबारे बहस भइरहेका बेला जनरल मिलेको यस्तो धारणा आएको हो । पछिल्लो समय राष्ट्रपति ट्रम्पले आफू विजेता घोषित नभए नतिजा स्वीकार नगर्न सक्ने बताएका छन् । उनले आधारहीन तर्क दिँदै भोटर फ्रडको सम्भावना देखाएका छन् । भोटर फ्रड वास्तवमै निकै दुर्लभ कुरा हो ।







डिसी नेपाल








Facebook Comment