घरबाटै रहस्यमय रुपमा हराएकी मोडल १ वर्षपछि झुपडीबस्तीमा भौंतारिइरहेकी भेटिइन्
काठमाडौं। गत वर्ष अमेरिकाको न्यूयोर्कस्थित आफ्नो घरबाट रहस्यमय रुपमा हराएकी एक मोडल ब्राजिलको एक झुपडीबस्तीमा भेटिएकी छिन् । २६ वर्षकी एलोइसा पिन्टो फोन्टेस रियो द जेनेरियोको मारो डो कान्टागालो झुपडीबस्तीमा भेटिएकी हुन । उनलाई स्थानीय नेबरहुड वाच टिमले ब्राजिलको दक्षिण पूर्वी शहरमा मंगलबार फेला पारेको हो । उनी २०१९ को जून ४ मा आफ्नो न्यूयोर्कको म्यानहट्टनस्थित घरबाट बेपत्ता भएकी थिइन् ।

द सनको रिपोर्टअनुसार उनी झुपडीबस्तीमा भौंतारिइरहेकी भेटिएकी थिइन् । स्थानीय नेबरहुड वाच टिमलाश्ई २ दिनदेखि झुपडीबस्तीमा एउटी अन्जान महिला घुमिरहेको सूचना दिइएको थियो । स्थानीय मिडियाका अनुसार उनले पछाडि बोक्ने झोला बोकेकी थिइन् जसमा अन्तर्राष्ट्रिय मोडलिङ एजेन्सीहरुसँग उनका सम्झौता र अन्तर्राष्ट्रिय फोटोग्राफरबाट आएका रेफरेन्सका दस्तावेजहरु थिए । आफ्नो करिअरमा उनी युरोपसम्म पुगेकी थिइन् तर उनी एक्कासी बेपत्ता भएपछि उनको करिअर पनि त्यत्तिकै बिग्रिएको थियो ।
फोन्टेसले २०१४ मा ३८ वर्षका रुसी–रोमानियाली सुपरमोडल आन्द्रे बिर्लेआनुसँग बिहे गरेकी थिइन् तर उनीहरुको वैवाहिक जीवन २०१६ सम्म मात्र चल्यो । उनहिरु छुट्टिएपछि उनीहरुकी छोरीको अभिभावकत्व बिर्लेआनुले पाएका थिए । उनीहरुकी छोरी अहिले ७ वर्षकी छिन् । नेबरहुड वाचका प्रतिनिधि एन्टोनियो कार्लोस डोस सान्तोसका अनुसार फोन्टेस फेला पर्दा विक्षिप्त थिइन् र उनलाई मनोचिकित्सककहाँ लगिएको छ ।







डिसी नेपाल








Facebook Comment