हरिप्रसाद शर्माका चित्रहरुको उपहार पुस्तकका लागि सम्झौता

डिसी नेपाल
२६ असोज २०७७ १८:३३
36
Shares

काठमाडौं। अवस्थालाई जीवन्त बनाउन काम थालेको बताउँदै काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बस्तुको ऐतिहासिकता जोगाउन आकृतिले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। हरिप्रसाद शर्माका चित्रहरुको उपहार पुस्तक प्रकाशन सम्बन्धमा आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको सम्झौतापछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले यस्तो बताएका हुन्।

पुस्तक प्रकाशनका लागि महानगरका प्रमुख शाक्य र प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको रोहबरमा महानगरकातर्फबाट सम्पदा बिभागका प्रमुख अर्चना श्रेष्ठ र सोसल साइन्स बहाः का तर्फबाट प्रा. निर्मलमान तुलाधरले हस्ताक्षर गरे।

‘रानी पोखरीको पुनर्निर्माण गर्दा हामीले चित्रलाई नै आधार लिएका थियौं। चित्रलाई आधार लिएर पुननिर्माण गरेपछि अहिले सबैतिरबाट प्रशंसा भएको छ। यसको अर्थ अवस्थालाई जीवन्त बनाउन चित्र चाहिन्छ भन्ने हो,’ प्रमुख शाक्यले थप्दै भने, ‘हामीले व्यक्तिको योगदानलाई ग्रहण गरेका छौं। आशा छ। स्थानीय भाषा, धर्म, लिपी, नृत्य, बाद्यबादन, जात्रा पर्वजस्ता अमूर्त सम्पदा जोगाउने महानगरको नीति हो। चित्रहरुको उपहार पुस्तकले काठमाडौंमार्फत नेपालको अन्तरराष्ट्रिय स्तरमा चर्चा हुनेछ।’

त्यस क्रममा बोल्दै सोसल साइन्स बहाः का अध्यक्ष प्रा. तुलाधरले, पुस्तकको गुणस्तरमा कुनै कमी हुन नदिने बताए। त्यस्तै चित्रकार शर्माका छोरा विष्णुप्रसाद शर्माले नेपालको इतिहास भविष्यका लागि अभिलेखीकरण हुने भएकोले आफू खुशी भएको बताए। यी चित्रबाट काठमाडौंका अमूर्त सम्पदालाई अन्तरराष्ट्रिय क्षेत्रमा परिचित गराउन सहज हुने उनको भनाई थियो।

पुस्तकको प्रकाशक काठमाडौं महानगरपालिका र सहप्रकाशकमा सोसल साइन्स बहाः हुनेछ। चित्र र पुस्तकमा समेटीएको बौद्धिक सम्पत्तिको सर्वाधिकार चित्रकारलाई दिइएको छ।

दोस्रो पक्षले अति बिशिष्ट १०० प्रति र बिशिष्ट २०० प्रति पुस्तक महानगरलाई उपलब्ध गराउनेछ।

चित्रकारलाई रोयल्टीवापत् ३ लाख रुपैयाँ उपलब्ध गराइनेछ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.