भारतका केन्द्रीय मन्त्रीको निधनमा काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रम
काठमाडौं । भरतका केन्द्रीय मन्त्री रामविलाष पासवानको निधनमा काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ । विजय घिमिरे विश्वकर्मा संस्थाको आयोजनामा अध्यक्ष राजन विश्वकर्माको सभापतित्वमा उक्त कार्यक्रम आज सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रेम जिसीले स्वर्गीय रामविलाष पासवानलाई भारतीय दलित आन्दोलनको अथक योद्धा दक्षिण एशियाकै दलित आन्दोलनका प्रेरणाका स्रोतको रुपमा चित्रण गरेका थिए ।
उनले भने,‘माननीय रामविलाष पासवानबाट हाम्रो नेपालका दलित आन्दोलनलाई प्रत्यक्ष प्रभाव पारेको छ । नेपालको दलित आन्दोलन आजसम्म बलियो रुपले अधिकार प्राप्तिका लागि भएको देखिँदैन् । त्यसकारण अबदेखि नेपालमा विभिन्न ठाउँमा छरिएर बसेका दलित समूदाय एकीकृत भई संगगिठत रुपले हाम्रो अधिकार, हाम्रो पहिचान, हाम्रो मुक्तिका लागि अगाडि बढ्ने तयारी गर्नुपर्छ ।’
दलित समूदायको पूर्ण अधिकार नभएसम्म राज्यसत्तासँग निरन्तर लड्नुपर्ने अवस्था आएको पनि उनले आवश्यकता औंल्याए । ‘यसका लागि सम्पूर्ण दलित समूदाय निःस्वार्थ रूपले आफ्नो अधिकार प्राप्तिका लागि एकजुट हुन जरुरी छ । सधैं लड्यौं अरुको लागि अब लड्यौं आफ्नो अधिकारको लागि ।’ उनले भने ।
त्यस्तै, कार्यक्रममा दलित समूदायबाट सगरमाथामा पहिलो पाईला टेक्न सफल विजय घिमिरे विश्वकर्माले हिजो दलित समूदायलाई हरेक पक्षमा बञ्चित गरिएको दक्षिण एशियाको समाजमा विभिन्न समस्या र संघर्षको बावजुद दलित समूदायको अधिकार प्रािप्तको लागि योगदान गर्ने रामविलाष पासवानलाई सधैं सम्झिरहने विश्वास दिलाए ।







डिसी नेपाल








Facebook Comment