अर्मेनिया अजरबैजान युद्ध विराम, जो एकरात पनि टिकेन

डिसी नेपाल
२६ असोज २०७७ १९:३४
2.3k
Shares

मस्को (बीबीसी) । अजरबैजानको अन्तर्राष्ट्रिय सीमासँग जोडिएको स्टपेनकर्ट शहरमा मानिसहरुले १० र ११ अक्टुबरको रात आफ्नो घरको तल्लो तलामा बिताए।

नार्गोन कारबाखमा भइरहेको युद्धलाई लिएर शनिबार अजरबैजान र अर्मेनियाबीच रुसको मध्यस्थतामा युद्ध विरोमको जुन सम्झौताको घोषणा भएको थियो, त्यो एकदिन पनि राम्रोसँग लागू गर्न सकिएन। अजरबैजानले अर्मेनियाले सम्झौता तोडेको आरोप लगायो। उसले अर्मेनियाले गांजा शहरमा गोलीबारी गरेको र शहरमा वस्तीमा भवनहरु विध्वंश पारेको बतायो। यो घटनामा कम्तिमा ९ जना मारिएको जनाइएको छ।

अर्मेनियाको सेनाले यसलाई अस्वीकार गर्दै गांजा शहरमा कुनै आक्रमण नगरिएको जनायो।

केही दिनपछि शनिबार दिउँसो यस्तो लाग्यो, जब स्टपनेकर्ट शहरमा हवाई आक्रमणको चेतावनी दिने साइरन सुनिएन। शहरका धेरै मानिसहरु, जो पछिल्ला दुई हप्तादेखि बेसमेन्टमा बसेका थिए, उनीहरु बाहिर निक्ले र आफ्नो अपार्टमेन्टमा जान सके।

हवाई आक्रमणमा ध्वस्त भएको पावर प्लान्ट नजिकैको सडकमा हाम्रो भेट तीनजना वृद्धसँग भयो। जो पछिल्ला खबरबारे कुरा गरिरहेका थिए र बीच बीचमा उनीहरु तनावमा आकाशतिर हेर्थे।

सरगिस नामका एक वृद्धले एकदिन पहिला मात्र आफ्नो जन्मदिन बेसमेन्टमा छिमेकीसँग मनाएका थिए।

उनले भने, म हिजो ७० वर्षको भएँ। हामीले एक खरायो मार्यौं, आलू उमाल्यौं, भोड्का त हामीसँग सँधै हुन्छ। हामी आफ्नो जन्मदिन जसरी हरेक पटक मनाउँछौं, त्यसरी नै मनायौं।

सरगिसले एक पाँचतले भवनतर्फ देखाउँदै भने, हामी यसै भवनमा बस्छौं। तर आजभोलि अपार्टमेन्टमा बस्नु जोखिमपूर्ण छ। यसैले हामी बेसमेन्टमा बसिरहेका छौं। पछिल्ला दुई हप्तादेखि हामी यस्तै छौं। पहिलो युद्धमा हामीले यस्तै बेसमेन्टमा ७ महिना गुजारेका थियौं।

सरगिससँग हाम्रो कुराकानीमा दोभाषेको भूमिका निर्वाह गरिरहेका जेभोर्ज यी मिलिट्री क्वार्टसको जीवनबारे भन्छन्, यहाँ हरेक दिन बम खस्छन्। कुनै दिन यहाँ खस्छ, कुनै दिन त्यहाँ खस्छ। उनीहरुले केही दिन अगाडि मेरो शहरलाई निशाना बनाएका थिए। मेरा ४ साना बालबच्चा छन्। र श्रीमती गर्भवती छन्। उनीहरुले बिहानको ७ बजे नै शहरमा बमबारी शुरु गरे। मेरो घरलाई अहिलेसम्म क्षति भएको छैन। तर मेरो

छिमेकमा विध्वंश भएको छ। यी मानिसहरु कहाँ आक्रमण गर्ने भन्ने हेर्दैनन्। उनी बस बम खसालिदिन्छन्।

जेभोर्ज र सरगिसलाई शुरुदेखिनै रुसको मध्यस्थतामा भएको अजरबैजान र अर्मेनियाबीचको सम्झौता टिक्नेमा शंका थियो।
तर पनि शनिबार स्टपनेकर्ट शहरम सन्नाटा छाएको थियो। तर, दक्षिणी मोर्चामा अजरबैजानको हादरुत र अर्मेनियाको कपान शहरका गाउँमा बिहानदेखि नै गोलीबारी भएको सुनिएको थियो।

सरगिसले हामीले त्यो बेसमेन्टमा लिए, जहाँ उनी र उनका छिमेकी पछिल्ला दुई हप्तादेखि बसिरहेका छन्। बारेर एक कुनामा बनाइएको ठाउँलाई देखाउँदै उनले भने, यो हाम्रो शौचालय हो।

एक पुरानो क्यासेट रेकर्डर देखाउँदै उनले भने, यसबाट हामीलाई समाचार प्राप्त हुन्छ। उनले पानीको पाइट फुटको बताए। र त्यसलाई आफैले ल्याउनु परेको बताए। युद्ध विरामपछि पनि केही वृद्धहरु बेसमेन्टमै थिए।

ती वृद्धाहरु मध्ये एक महिलाले सोधिन्, के वास्तावमै युद्धविराम जस्तो अवस्था छ? एक घण्टा अगाडिमात्र साइरन सुनिएको थियो। यो युद्धविराम हो?

यस कुराकानीमा एक अन्य वृद्धा महिलाले भनिन्, पहिलो र दोस्रो युद्धको सयममा हामी यहाँ बसेका थियौं। आजभोलि हामी तेस्रो युद्धकाबीच बाँचिरहेका छौं। मलाई विश्वास छ, यो अन्तिम युद्ध हने छ। हेरा छोरा यो युद्धमा सहभागी छन् र मलाई उनीहरुको कुनै खबर छैन। म उनीहरुसँग सम्पर्क गर्न असक्षम छु।

बेसमेन्टमा बसिरहेका मानिसहरुले केही दिन अगाडि हवाई आक्रमणमा पावर प्लान्ट ध्वस्त भएको बताए। त्यसको एकदिन पछि एक पेन्ट पसलमा बम खस्यो र भवन खरानी भयो।

एक महिलाले भनिन्, हामी लडाईँको मोचाएमा छैनौं, तर हामी देख्छौं वस्ती भएको शहरको आकासमा हेलिकोप्टर, ड्रोन उडिरहेका छन्।
विस्फोटमा एक भवन पूर्णरुपमा ध्वस्त भएको छ र सडकमा एक खाल्डो बनेको छ। हामी यसको छेवैबाट जाँदा सोचिरहेका थियौं, यहाँ के खस्यो होला? एक वृद्ध महिला झ्यालबाट हात हल्लाउँदै हामीलाई बोलाउँछिन्।

अर्लेता मिर्जोयान आफ्नो पूर जीवन काराबखमा बसिन्। र जब युद्ध शुरु भयो उनले अनेत्र कतै नजाने सोँच बनाइन्। तर सबै बच्चाहरु अर्मेनिया पुगे। तर उनीहरु अन्य वृद्धहरु जस्तै बेसमेन्टमा लुकेनन्।

उनी भन्छिन्, यो स्थानलाई छोडेर कहिँ जान सक्दिन। किनकी उनका दुई छोरा र दुई नाती अग्रमोर्चामा युद्धमा छन्।

उनी भन्छिन्, उनीहरु सीमामा फरक फरक स्थानमा मोर्चा सम्हालिरहेका छन्। म उनीहरुलाई छोडेर कसरी जान सक्छु? यो असम्भव छ।
अर्लेतालाई आफ्ना छिमेकीबाट थाहा भयो शान्ति सम्झौता मात्र दुई दिनसम्म कायम रह्यो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.