नेपालीलाई होच्याउने भारतीय रिपब्लिकन टिभीका गोस्वामीविरुद्ध अदालतमा मुद्दा

डिसी नेपाल
२६ असोज २०७७ २२:०९
132
Shares

नयाँ दिल्ली(एजेन्सी)। अपशब्द र उत्तेजक एकंरिंग गर्ने भारतीय निजी च्यानल रिपब्लिकन टिभीका अणर्व गोस्वामीविरुद्ध भारतको एक उच्च अदालतमा मुद्दा परेको छ।

महाराष्ट्र उच्च अदालतमा बलिउडसँग सम्बन्धित ४ वटा संस्था र ३४ जना फिल्म निर्मार्ता निर्देशकले रिपब्लिकन टिभीका गोस्वामी, टाइम्स नाऊलगायतविरुद्ध सोमबार मुद्दा दायर गरेका हुन्।

उनीहरुले अभिनेता सुशान्त सिंह राजपुत मृत्यु मामिलामा बलिउडविरुद्ध अशिष्ट भाषा प्रयोग गरेको, मिडिया ट्रायल गरेको जस्ता आरोप लगाएका छन्। उनीहरुले बलिउडलाई गोस्वामी लगायतले फोहोरको डंगुरसमेत भनेको तर्क गरेका छन्।

गोस्वामीले नेपलाले नयाँ राजनीतिक नक्सा संसदबाट पारित गरेपछि अभद्र र अशिष्ट भाषाको प्रयोग गरेका थिए। त्यसपछि उनको नेपाल र भारत दुबै देशमा आलोचना भइरहेको थियो। गोस्वामी हालै टिआरपी स्क्याण्डलमा पनि फसेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.