जन्माएर ७ सन्तान गुमाइसकेकी महिलाले १६ औं बच्चा जन्माइन्, आमा र बच्चा दुवैको मृत्यु

डिसी नेपाल
२७ असोज २०७७ ९:५०
548
Shares

काठमाडौं। ४५ वर्षकी एक महिलाले १६ औं सन्तानलाई जन्म दिने क्रममा आमा र बच्चाको अवस्था निकै गम्भीर भएपछि उपचारको लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा दुवैको मृत्यु भएको छ । ती महिलाले यसअघि नै १५ सन्तानलाई जन्म दिइसकेकी थिइन् । उनले जन्माएका मध्ये ७ सन्तानको मृत्यु भइसकेको छ । अहिले उनले जन्माएको छोराको मृत्यु भएसँगै उनले जन्माएका कूल १६ सन्तानमध्ये ८ जनाको मृत्यु भयो र ८ सन्तान जीवित छन् ।

प्रेस ट्रस्ट अफ इण्डियाका अनुसार मृतक महिला मध्य प्रदेशको दमोह जिल्लाकी हुन् । जिल्लाको बटियागढ थाना क्षेत्रमा पर्ने पाडाझिर गाउँकी सुखरानी अहिरवार नामकी महिलाले १६ औं सन्तानको रुपमा छोरा जन्माएकी थिइन् । ४५ वर्षकी सुखरानीले शनिबार घरमै छोरा जन्माएकी थिइन् । छोरा जन्मिएको केही बेरमै आमा र नवजात शिशुको स्थिति गम्भीर भएपछि उनीहरुलाई स्वास्थ्य संस्था लगिएको थियो । तर अस्पताल लैजाने क्रममै महिला र बच्चा दुवैको ज्यान गएको छ ।

१६ सन्तान जन्माएकी सुखरानीका ४ छोरा र ४ छोरी जीवित छन् । बाँकी ८ जनाको मृत्यु भइसकेको छ । उनले जन्माएका दुई सन्तानको विवाह पनि भइसकेको छ । घटनाका सम्बन्धमा मुख्य चिकित्सा एवं स्वास्थ्य अधिकारी डा. संगीता त्रिवेदीले तत्काल जाँचको आदेश दिएकी छिन् । सेक्टरका सुपरभाइजरलाई निलम्बन गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.