मन्त्री त्रिपाठीको स्वास्थ्य अवस्था सुधारोन्मुख

डिसी नेपाल
२७ असोज २०७७ १४:१०
104
Shares

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रसासन मन्त्री हृदयेश त्रिपाठीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत रहेका उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका निजी सचिव नीरज पौडेलले जानकारी दिए। उनका अनुसार मन्त्री त्रिपाठीको सोमबार राति पित्तथैलीमा रहेको पत्थरी भएपछि शल्यक्रिया गरिएको थियो ।

मन्त्री गत आइतबार अचानक अस्वस्थ भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि ग्राण्डी अस्पतालमा लगिएको निजी सचिव पौडेलले बताए। मन्त्रीको उपचारमा सोही अस्पतालका चिकित्सक डा प्रवीणविक्रम थापा, डा धीरेश महर्जन, डा रोशन घिमिरे र डा सन्तोष श्रेष्ठ खटिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.