मन्त्रिपरिषद हेरफेर: अर्थमा विष्णु पौडेल, ईश्वर पोखरेलको जिम्मेवारी खोसियो

डिसी नेपाल
२८ असोज २०७७ १८:१९
408
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेका छन्। मन्त्रिपरिषदमा तीनजना नयाँ मन्त्री थपिएको छ भने केही मन्त्रिहरुको जिम्मेवारी परिवर्तन गरिएको छ।

सबैभन्दा प्रतिक्षा गरिएको अर्थमन्त्रीमा नेकपा महासचिब विष्णु पौडेलले बाजी मारेका छन्। यस्तै कृष्णगोपाल श्रेष्ठ सहरी विकास मन्त्री भएका छन्। यस्तै लिला श्रेष्ठ महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बनेका छन्।

मन्त्रिपरिषद् हेरफेरमा प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालय आफैसँग राखेर उपप्रधानमन्त्री ईश्वर पोखरेलबाट सो जिम्मेवारी खोसेका छन्। उपप्रधानमन्त्री पोखरेललाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय हेर्ने जिम्मेवारी दिइएको छ।

यस्तै यसअघि महिला बालबिालका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारीमा रहेका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ। अन्य मन्त्रीहरुको जिम्मेवारी भने यथावत रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.