फिल्म लक्ष्मी पूजाको डान्सिङ नम्बरको गीत ‘फुर फुर पुतली’ सार्वजनिक

डिसी नेपाल
२९ असोज २०७७ ७:०३
176
Shares

काठमाडौं। कातिक ७ गते फूलपातीको दिन रिलीज हुने फिल्म ‘लक्ष्मी पूजा’को डान्सिङ नम्बरको गीत ‘फुर फुर पुतली’ सार्वजनिक भएको छ। माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको संगीत र एरेन्ज छ।

गीतमा सलोन बस्नेत, रियाशा दाहाल, जयकिशन बस्नेत, अस्मिता जुरेलीलगायत फिचर्ड छन्। गीत बुढासुब्बा डिजिटलबाट सार्वजनिक भएको हो।

गीतमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, गौतमराज खड्काको सम्पादन छ। सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा समिर मियाँको निर्देशन तथा शोभित बस्नेतको निर्माण छ ।

फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ। फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन्।

निर्माता शोभितका अनुसार फिल्म डिसहोम, म्याक्स डिजिटल र नेट टिभीमा प्रदर्शन हुनेछ। जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन्।

फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व र जयकुमार दर्लामीको छायांकन रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.