अमेरिकाले नियुक्त गर्यो तिब्बतका लागि मानव अधिकार दूत, तनाव बढ्न सक्ने
काठमाडौं । चीनसँगको विवादकाबीच अमेरिकाले तिब्बतका लागि एक वरिष्ठ मानव अधिकार दूत नियुक्त गरेको छ । अमेरिकी विदेशमन्त्री माईक पोम्पेओले बुधबार रोबर्ट डिस्ट्रोलाई तिब्बती मामिलाका लागि विशेष संयोजक नियुक्त गरेका हुन् ।
अमेरिकाले चीनलाई मानवअधिकारका विषयमा दबाब बढाउँदै जाँदा यो नयाँ कदम आएको हो । उक्त पद करीब चार वर्षदेखि खाली रहेको थियो। डिस्ट्रोलाई बेइजिङ र दलाई लामाबीचको संवाद अघि बढाउन तथा तिब्बतीहरूको धार्मिक, सांस्कृतिक तथा भाषिक पहिचान संरक्षणका लागि जिम्मेवारी दिइएको छ ।
चीनको तिब्बतमाथिको अधिकारका विषय अमेरिका र चीनबीचको सम्बन्धलाई अप्ठ्यारो पारिरहेको छ । तिब्बतको स्वायत्तता तथा निर्वासित नेता दलाई लामालाई समर्थन वाशिङटनमा सबै पक्षले गर्ने गरेका छन् ।
तर चीनले भने अमेरिकाको उक्त कदमको विरोध गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार यो कदम चीनको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्ने र तिब्बतको स्थायित्व कमजोर पार्ने अमेरिकाको चाल भएको बताएका छन् । पछिल्लो समय बढीरहेको चीन र अमेरिकाबीचको विवादलाई यो कदमले झन चर्काउन सक्नेछ।







डिसी नेपाल








Facebook Comment