के सी जिनपिङ कोरोनाभाइरसबाट संक्रमित भएका हुन् ? लगातार खोक्नुको कारण के ?

डिसी नेपाल
३० असोज २०७७ १०:०२
420
Shares

काठमाडौं। बुधबार चीनको पहिलो विशेष आर्थिक क्षेत्र शेनझेनको निरन्तर विकासको प्रवद्र्धन गर्नको लागि त्यहाँ भएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले धेरै खोके ।

पछिल्लो समय शीको स्वास्थ्यबारे चीनको सामाजिक संजाल र सरकारनियन्त्रित मिडियाबाट कुनै जानकारी नआएका बेला बेइजिङका आलोचकहरुले यो अवसरलाई छिटै उपयोग गरे ।

सीएनएनको रिपोर्टअनुसार हङकङबाट प्रकाशित हुने चीनको कम्युनिस्ट पार्टीविरोधी अखबार एपल डेलीले जिनपिङ आफ्नो वक्तव्यको ५० दोस्रो हाफमा पानी पिउनका लागि धेरै पटक रोकिएको र निरन्तर खोकिरहेको लेखेको छ ।

‘जतिबेला पनि शी रोकिए, सरकारी टेलिभिन सीसीटिभीबाट भइरहेको लाइभ प्रसारणमा क्यामेरा दर्शकहरुतिर घुमाइयो । यद्यपि त्यति हुँदाहुँदै पनि शीले खोकेको र पानी पिएको आवाज सुन्न सकिन्थ्यो’ एपल डेलीले अगाडि लेखेको छ ।

फालुन गोङ धार्मिक समूहसँग सम्बद्ध एपोच टाइम्सले त एक कदम अगाडि बढेर शी जिनपिङ कोरोना संक्रमित भएको हुन सक्ने आशंकासमेत व्यक्त गरेको छ ।

यो अखबारलाई चीनमा लामो समयसम्म दबाइएको थियो र अहिले यो बेइजिङका सबैभन्दा ठूला आलोचकमध्ये एक हो । केही ताइवानी मिडियाहरुले पनि जिनपिङको ‘चर्को खोकी’बारे समाचार प्रकाशित गरेका छन् ।

यद्यपि जिनपिङले खोक्नुको अर्थ उनी बिरामी नै भएको भन्ने हुँदैन किनकि उनी झण्डै एक घण्टा बोलेका थिए र चीनमा धेरै एसी प्रयोग गरिएका भवनहरु छन् जुन भवनमा उनले बिहीबार भाषण गरेका थिए । यी कारणले उनको घाँटी सुख्खा भएको पनि हुन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.