प्रहरीले ९ वर्षकी बालिकाको हत्यारा फेला पार्‍यो तर सजाय दिन नसकिने

डिसी नेपाल
३० असोज २०७७ १०:३५
1.3k
Shares

काठमाडौं। क्यानडामा घटना भएको ३६ वर्षपछि एक हत्याराको पहिचान भएको छ । क्यानडा प्रहरीले बिहीबार दिएको जानकारीअनुसार उनीहरुले ३६ वर्ष पहिले ९ वर्षकी एक बालिकाको हत्या गर्ने व्यक्तिको पहिचान गरेको समाचार एजेन्सी  एपीले जनाएको छ । तर, अब ती दोषीलाई सजाय दिन सकिने छैन ।

यो हत्याको केसमा त्यतिबेला कुनै अर्कै व्यक्तिलाई दोषी ठहर गरेर सजाय दिइएको थियो । ती व्यक्तिलाई गलत तरिकाले दोषी ठहर गरिएको भन्दै यो केस त्यतिबेला निकै चर्चामा आएको थियो । टोरन्टो प्रहरीका अनुसार अहिले वास्तविक हत्यारा केल्भिन हुवरको डिएनएको माध्यमबाट पहिचान भएको छ तर उनलाई अब सजाय दिन सकिँदैन किनकि ५ वर्ष पहिले २०१५ मा केल्भिनको मृत्यु भइसकेको छ ।

हत्या गर्ने समयमा केल्भिनको उमेर २८ वर्ष थियो र उनी मृतक क्रिस्टिन जोसेपको परिवारका परिचित थिए त्यसैले प्रहरीले त्यतिबेला उनलाई संदिग्ध मानेन । मृतक ९ वर्षकी बालिका जोसेपलाई अन्तिम पटक ३ अक्टोबर १९८४ मा टोरन्टोको उत्तरमा ओन्टारियोको क्विन्सभिलेमा देखिएको थियो । तीन महिनापछि उनको शव भेटियो । उनको यौन उत्पीडन गरिएको थियो त्यसपछि चक्कु प्रहार गरेर हत्या गरिएको थियो ।

प्रहरीले उनको भित्री वस्त्रमा डिएनएको प्रमाण भेटेका थिए । यो केसमा मृतक जोसेपका छिमेकी गाइ पल मोरिनलाई गलत तरिकाले दोषी ठहर गरिएको थियो । मोरिनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो । तर, डिएनए प्रविधिका आधारमा ११ वर्षपछि १९९५ मा अपराध उनले नगरेको पत्ता लाग्यो । त्यसपछि उनलाई रिहा गरियो । उनलाई १ मिलियन अमेरिकी डलर क्षतिपूर्ति दिइएको थियो र उनीसँग सार्वजनिक रुपमा माफी मागिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.