सुसाइड नोट निलेर आत्महत्या ! पोस्टमार्टम गर्दा पेटभित्रबाट निस्कियो सुसाइड नोट !

डिसी नेपाल
३० असोज २०७७ १७:१३
3.0k
Shares

काठमाडौं। आत्महत्या गर्ने क्रममा सुसाइड नोट लेखेर त्यो नोट निलेर आत्महत्या गरेको निकै विचित्रको घटना भएको छ । मृतकको पोस्टमार्टम गर्ने क्रममा उनको पेटभित्रबाट सुसाइड नोट निस्किएपछि डाक्टरहरु नै चकित परेका छन् ।

डेक्कन हेराल्डको रिपोर्टअनुसार भारतको महाराष्ट्रको नासिक केन्द्रीय कारागारमा रहेका एक कैदीले झुण्डिएर आत्महत्या गरेका थिए । डाक्टरहरुले उनको पोस्टमार्टम गर्ने क्रममा उनको पेटमा सुसाइड नोट फेला पारेका छन् जसमा जेल कर्मचारीमाथि उत्पीडनको आरोप लगाइएको छ ।

हत्याको आरोपमा आजीवन कारावासको सजाय काटिरहेका असगर अली मंसुरीले सुसाइड नोट प्लास्टिकमा बेरेर निलेका थिए । आत्महत्याका विषयमा नासिक रोड पुलिस स्टेशनका एक अधिकारीले भने ‘मंसुरीलाई एक हत्याको केसमा सजाय सुनाइएको थियो । ७ अक्टोबरका दिन मंसुरीलाई आफ्नो सेलमा झुण्डिएको भेटिएको थियो ।’ अधिकारीले मंसुरीले लगाएको आरोपबारे जाँच भइरहेको बताएका छन् ।

अधिकारीका अनुसार मंसुरी लेखपढ गर्न सक्दैनथे त्यसैले लेख्नको लागि कसैले उनलाई सहयोग गरेको हुनुपर्छ । जेल अधिकारीहरुले सुसाइड नोटमा लगाइएका आरोप अस्वीकार गरेका छन् । मंसुरीको मृत्युपछि जेलका अन्य कैदीहरुले उच्च अधिकारीलाई एक पत्र लेखेका छन् । उनीहरुले पत्रमा सुसाइड नोटमा नाम उल्लेख भएका कर्मचारीहरुविरुद्ध आत्महत्याको लागि उक्साएको आरोपमा कारवाहीको माग गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *