हेटौंंडा अस्पताल औपचारिकरुपमै स्वास्थ्य विज्ञान प्रष्ठिान मातहत

डिसी नेपाल
३० असोज २०७७ १९:५६
40
Shares

वाग्मती । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौंडा अस्पतालको स्वामित्व ग्रहण गर्ने निर्णय गरेको छ । जिल्ला अस्पताल हुँदै प्रदेश मातहत आएको हेटौंँडा अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनापछि अनौपचारिकरुपमा प्रतिष्ठानमार्फत सञ्चालन हुँदै आए पनि आज हेटौंडामा सम्पन्न प्रष्ठिानको दोस्रो सभाले औपचारिकरुपमै आफू मातहत ल्याउने निर्णय गरेको हो ।

प्रतिष्ठानले आगामी वर्षका लागि नीति तथा कार्यक्रम, बजेट, प्रतिष्ठानको प्रतीकचिह्न र आर्थिक नियमावली पारित गरेको छ । शैक्षिक कार्यक्रम सञ्चालन, ऐन संशोधन गर्नेलगायत निर्णय पनि गरिएको जनाइएको छ ।

सभालाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति तथा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठानले चाँँडै शैक्षिक कार्यक्रम सञ्चालन गरेर प्रदेश र देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादन र स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने बताए । प्रतिष्ठानका सहकुलपति तथा प्रदेश सामाजिक विकासमन्त्री युवराज दुलालले प्रतिष्ठानको उद्देश्यानुरुप काम गर्न समूहगत कार्य गरिनुपर्ने बताए ।

प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशीले प्रदेशका दुर्गम क्षेत्रमा भएका स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षासम्बन्धी विद्यमान चुनौतीको सामना गर्नका लागि तथा स्वास्थ्यसम्बन्धी आवश्यक जनशक्ति उत्पादन गर्न, स्वास्थ्य सेवा तथा स्वास्थ्य शिक्षासम्बन्धी नवीनतम अवधारणाको पहिचान एवं प्रभावकारी कार्यान्वयनका निम्ति प्रतिष्ठानलाई स्वायत्त संस्थाका रुपमा परिकल्पना गरिएको बताए। उनले शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाठ्यक्रम तर्जुमालगायत आवश्यक पूर्वाधार निर्माण र व्यवस्थापनको तयारी शुरु गरिएको जानकारी पनि दिए ।

प्रतिष्ठानका शिक्षाध्यक्ष सतिशकुमार देवले प्रतिष्ठानको शिक्षा तथा अनुसन्धान नीतिका बारेमा जानकारी दिए भने रजिष्ट्रार राजेश प्रसाईँले प्रतिष्ठानको आर्थिक, प्रशासनिक नीति, कार्यक्रम तथा बजेटका बारेमा प्रस्तुति दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.