ज्योति समूहले बेच्यो हिमालयन बैंकको सेयर, सन्चय कोषको बन्यो पकड

डिसी नेपाल
२ कार्तिक २०७७ १६:३२
488
Shares

काठमाडौं । हिमालयन बैंकमा कर्मचारी सन्चय कोषको पडक बलियो बन्दै गएको छ । आइतबार ज्योति समूहले हिमालयन बैंकको आफूसँग भएको संस्थापक सेयर बिक्री गरेको छ । ज्योति समुह अन्तर्गतको स्याकार कम्पनीसँग भएको हिमालयन बैंकको ८ लाख १५ हजार १७२ कित्ता सेयर संस्थापक सेयर आइतबार विक्रि गरेको हो ।

आइतबार विक्रि भएको हिमालयन बैंकको संस्थापक सेयरको ९५ प्रतिशत हिस्सा कर्मचारी सन्चय कोषले किनेको छ । भने बाँकी ५ प्रतिशत पर्यटन व्यवसायी प्रचन्डमान श्रेष्ठ र पुर्व निर्वाचन आयुक्त इला शर्माले किनेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । हाल हिमालयन बैंकका अध्यक्ष पनि कर्मचारी सन्चय कोषका प्रशासक तुलसीराम गौतम नै रहेका छन् ।

आइतबार हिमालयन बैंकको सेयर खरिद गरेपछि हिमालयन बैंकमा सन्चयकोषको सेयर हिस्सा १५ प्रतिशत पुगेको छ ।

स्याकार कम्पनीको हिमालयन बैंकमा ०.९९ प्रतिशत सेयर थियो । आइतबारदेखि स्याकार कम्पनीको हिमालयन बैंकमा सेयर शुन्यमा झरेको छ ।

नेप्सेका अनुसार स्याकारले आफूसँग भएको हिमालयन बैंकको सेयर ब्रोकर नम्वर ४३ (सगरमाथा सेक्युरिटी प्राइभेट लिमिटेड) बाट विक्रिका लागि राखेको थियो भने ब्रोकर नम्बर ४० (मिदास स्टक बुकिङ कम्पनी प्रा.लि) बाट सन्चय कोष, श्रेष्ठ र शर्माले खरिद गरेका थिए ।

यसअघि पनि ज्योति समूहले आफूसँग रहेको ८ लाख ४३हजार ५०७ कित्ता सेयर दुई पटक गरी सोही दुईवटा कम्पनी मार्फत विक्रि गरेको थियो । आइतबार हिमालयन बैंकको प्रतिकित्ता ३०० रुपैयाँमा सो सेयर विक्रि हुदा खरिदकर्ताहरुले २४ करोड ४५ लाख ५१ हजार ६०० रुपैयाँ बुझाएका थिए । यसअघि सो बैंकको सेयर २९० रुपैयाँमा विक्रि भएको थियो ।

पद्यम ज्योति र डा.रुपज्योतिविच अंशमा विवाद भएपछि ज्योति समुहले आफूसँग भएको सेयर विक्रि गरी विवाद मिलाउन लागेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.