हाँस्यकलाकार शिवहरि पौड्याललाई मातृशोक
तस्बीरः पौडेलको फेसबुकबाट
काठमाडौं । चर्चित हास्यकलाकार शिवहरि पौड्याललाई मातृशोक परेको छ ।
पौड्यालकी आमाको हेटौडामा आइतबार बेलुकी ११ बजेर ९ मिनेटमा निधन भएको हो ।
आमाको निधन भएको कलाकार पौड्यालले सामाजिक सञ्जाल मार्फत शेयर गर्दै आमालाई सय बर्ष माथि बचाउन नसकेको दुःख पोखेका छन् ।
उनले फेसबुकमा लेखेका छन् – ‘दुखद् खवर लेख्न वाध्य भएं आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यस्पछि हजुरलाई वचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा । देश विदेशमा हुनु भएका सम्पूर्ण आफन्तजनहरूको जानकारीकोलागी यो दुखद् खवर आफैले फेसवुक वालमा राख्न वाध्य भएकोछु । आमा, फेरीपनि मलाई माफ गर्नुहोला ।’
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment