संकटकाल र कर्फ्यू लाग्ने सूचना गलत : गृह मन्त्रालय
काठमाडौं। सरकारले संकटकाल र कर्फ्यू नलगाइने बताएको छ। गृह मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै संकटकाल र कर्फ्यू लाग्ने भनी फैलिएको सूचना गलत, भ्रामक, तथ्यहीन र आधारहीन भएको बताएको छ।
गृह प्रवक्ता चक्रबहादुर बुढाले विज्ञप्ति जारी गर्दै भ्रमपूर्ण सूचना फैलिएको विषयमा अनुसन्धानसमेत भइरहेको जनाएका छन्।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment