बम विस्फोट हुँदा अफगानिस्तानमा पाँचको मृत्यु, नौ घाइते

डिसी नेपाल
४ कार्तिक २०७७ १७:१९
52
Shares

काबुल । बम विस्फोट हँुदा अफगानिस्तानमा कम्तीमा पाँचको मृत्यु भएको छ ।सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार घटनामा परी अरु नौ जना घाइते पनि भएका छन् ।

अफगानिस्तानको मैदान वार्डाक प्रान्त अन्तर्गत पर्ने जर्लेज जिल्लामा घटना भएको प्रान्तीय सरकारले पुष्टि गरेको छ ।

“सडक छेउमा भएको बम विस्फोटनको घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएको प्रान्तीय सरकारका अधिकारीहरुले जनाएका छन्,” टोलोन्युजले लेखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *