महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले दिए उमेदवारी

डिसी नेपाल
५ कार्तिक २०७७ १७:४१
108
Shares

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले वरिष्ठ उपाध्यक्षमा उमेदवारी दर्ता गराएका छन्। उनले बुधबार महासंघको कार्यालय टेकु पुगेर उमेदवारी दर्ता गराएका हुन्।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ। सोही निर्वाचनको लागि ढकालले बुधबार उमेदवारी दर्ता गराएका हुन्।

उनीसँगै उनका प्यानलका सवै उमेदवारले पनि उमेदवारी दर्ता गराएका छन्। ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका छन्।

गत चैत २८ र २९ गते तोकिएको महासंघको चुनाव कोरोनाको कारण सरेको हो।

महासंघको चुनावका लागि उम्मेदवारहरुको लागि मनोनयन दर्ता खुलेको छ। मनोनयन दर्ता मंसिर ४ गतेसम्ममा उमेदवारहरुले दाखिला गर्नुपर्ने महासंघले जनाएको छ।

महासंघको बरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले समेत उम्मेद्वारी घोषणा गरेका छन्। महासंघको निर्वाचन समितिले बुधबार मात्रै निर्वाचन कार्यतालिका प्रकाशित गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.