अमेरिकी राष्ट्रपति निर्वाचनमा रुस र इरानको हस्तक्षेप

डिसी नेपाल
६ कार्तिक २०७७ ७:५५
1.9k
Shares

काठमाडौं। अमेरिकाको नेशनल इन्टेलिजेन्सका निर्देशक जोन राक्लिफले बुधबार रुस र इरानले अमेरिकी राष्ट्रपति निर्वाचनमा हस्तष्क्षेप गरेको दावी गरेका छन् । दुवै देशले निर्वाचनमा हस्तषेप गर्नको लागि मतदाताको विवरण चोरी गरेको र इरानले अमेरिकाको अभियान समूह प्राउड ब्वाइजलले पठाएको जस्तै देखिने गरी मतदाताहरुलाई प्रभावित पार्ने इमेल पठाउन थालेको दावी गरेका छन् ।

एफबीआइका निर्देशक क्रिस रेसँगै एक कार्यक्रममा उपस्थित भएका राक्लिफले प्राउड ब्वाइजले पठाएको जस्तै देखिने इमेल पठाउने र केही इमेलमा एउटा भिडियोसमेत पठाएर भोटर फ्रडको बारेमा गलत सूचना फैलाउने काममा इरान जिम्मेवार रहेको बताएको सीएनएनले जनाएको छ । ‘यो डाटा विदेशी चलखेलकर्ताहरुले गलत सूचना प्रवाह गर्नको लागि गरिरहेका छन् र उनीहरुलाई लाग्छ कि यसबाट उनीहरु मतदातामा अविश्वासको स्थिति सृजना गर्न सक्छन् ताकि मतदाताहरुमा अमेरिकी लोकतन्त्रबारे अविश्वास पैदा गर्न सकियोस्’ राक्लिफले भने ।

‘हामीले यसअघि पनि इरानले मतदाताहरुलाई भ्रमित पार्ने, सामाजिक अस्थिरता ल्याउने र राष्ट्रपति ट्रम्पलाई क्षति पुर्याउने खालका इमेल पठाएको पाएका छौं’ राक्लिफले भने ‘तपाइँहरुले केही मिडियाहरुमा पछिल्लो २४ घण्टामा यसबारे रिपोर्ट आएको पनि देख्नुभएको होला । अथवा तपाइँहरु यस्ता इमेल पाउनेमध्येकै एक पनि हुन सक्नुहुन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *