चीनले एक अर्ब डोज कोरोना भ्याक्सिन आपूर्तिका लागि उत्पादन इकाइ स्थापना गर्दै

डिसी नेपाल
६ कार्तिक २०७७ ८:४५
504
Shares

बेइजिङ । चीनको एक सरकारी औषधि कम्पनीले दुई सम्भावित कोरोनाभाइरस भ्याक्सिनको एक अर्ब डोज आपूतिर्एको लागि उत्पादन इकाइहरु स्थापना गरिरहेको छ । कम्पनीका अध्यक्षले मंगलबार यो जानकारी दिएको समाचार एजेन्सी एपीले जनाएको छ । सिनोफार्मा समूहका अध्यक्ष लिउ जिंगझेनले भ्याक्सिनको लागि अन्तिम चरणको परीक्षण अन्तिम अवस्थामा रहेको जानकारी दिएका छन् ।

यद्यपि उनले परीक्षणका नतिजा कहिलेसम्म आउँछन् भन्ने जानकारी दिएनन् । यी दुवै भ्याक्सिनको लागि १० देशमा ५० हजारभन्दा धेरै स्वयंसेवकमा परीक्षण भइरहेको छ । चीन छिटोभन्दा छिटो भ्याक्सिन ल्याउन चाहन्छ । चीनमा ४ भ्याक्सिन परीक्षणको अन्तिम चरणमा छन् । यद्यपि विशेषज्ञहरुले भने चीनले भ्याक्सिन पहिले तयार गरे पनि यसले अमेरिका, युरोप र जापानका कडा मापदण्ड पार गर्नुपर्ने बताएका छन् । त्यसैले उसको भ्याक्सिनको आपूर्ति विकासशील देशमा मात्र हुन सक्ने विशेषज्ञले सम्भावना देखाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *