देशद्रोहको मुद्दामा कंगना र उनकी बहिनी पक्राउ पर्न सक्ने !
मुम्बई। मुम्बई प्रहरीले बलिउड अभिनेत्री कंगना रनोट र उनकी बहिनी रंगोलीलाई पत्र पठाउँदै सोधपुछका लागि बोलाएको छ। दुवै दिदी बहिनी विरुद्ध अदालतको आदेशा १७ अक्टोबरमा बान्द्रा प्रहरीमा उजुरी दर्ता गराइएको थियो।
कंगनालाई सोधपुछका लागि २६ अक्टोबर र उनकी बहिनी रंगोलीलाई २७ अक्टोबरमा बोलाइएको भारतीय संचारमाध्यमले जनाएका छन्। उनी आफ्नो भाइ अक्षतको विवाहमा सहभागी हुन दुवै दिदी बहिनी यतिबेला हिमाचलको भांबलामा छन्। यदि उनीहरु विरुद्ध गतिलो प्रणाम भेटिए उनीहरुलाई पक्राउ समेत गर्न सकिनेछ।
कंगना विरुद्ध हिन्दू–मुश्लिमको नाममा फुट ल्याउन खोजेको आरोप लगाइएको छ। गत हप्ता कंगना विरुद्ध कर्नाटकमा पनि एफआईआर दर्ता गरिएको थियो। त्यहाँ उनीमाथि किसानको अपमान गरेको आरोप लगाइएको छ।
याचिकाकर्ता वकिल साहिल अशरफ अली सैयदले बान्द्रा कोर्टमा दायर गरेको अर्जीमा भनिएको छ, ‘कंगना रनोट विगत केही महिनादेखि लगातार बलिउडलाई नेपोटिज्म र फेभरेटिज्मको केन्द्र बताएर अपमान गरिरहेकी छन्। आफ्नो अफिसियल ट्विटर ह्याण्डलबाट ट्वीट गर्दै र टिभी इन्टरव्यूमार्फत हिन्दू र मुस्लिम कलाकारबीच फुट ल्याउने कोशिश गरिरहेकी छन्।’







डिसी नेपाल








Facebook Comment