अमेरिकी विदेशमन्त्री पोम्पेओ एसियाली देशको भ्रमणमा जादै

डिसी नेपाल
६ कार्तिक २०७७ १७:४६
40
Shares

वासिङ्टन । अमेरिकी विदेशमन्त्री माइकल आर.पोम्पेओले एसियाका केही देशहरुको भ्रमण गर्ने बताइएको छ । विदेशमन्त्री पोम्पेओ भारत, श्रीलंका, मालदिभ्स र इन्डोनेसियाको भ्रमणमा जाने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । सो मन्त्रालयले बुधबार प्रकाशन गरेको सूचनामा विदेशमन्त्री पोम्पेओको भ्रमणबारेको सो सूचना प्रकाशन गरेको बताइएको छ । विदेश मन्त्री पोम्पेओको सो भ्रमण यही अक्टोबर २५ देखि ३० सम्मको हुने बताइएको छ ।

उनले भारत भ्रमणका क्रममा भारतका विदेशमन्त्री एस जयशंकरसँग द्धिपक्षीय भेटवार्ता गर्ने बताइएको छ । त्यस भेटका क्रममा उनीहरुबीच द्धिपक्षीय विभिन्न विषयमा कुराकानी हुनेछ । भारत र अमेरिकाबीचका विविध साझेदारीका विषयमा उनीहरुले वार्ता गर्ने सो समाचारमा जनाइएको छ । उनी भारतपछि श्रीलंका र त्यसपछि मालदिभ्सको राजधानी माले पुग्ने बताइएको छ । त्यसैगरी अमेरिकी विदेशमन्त्री पोम्पेओ इन्डोनेसियाको राजधानी जाकार्ता पुग्ने सो समाचारमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.