डच अनुसन्धानकर्ताले पासवर्ड अनुमान गरेको दावी गरेलगत्तै ट्रम्पको ट्वीटर ह्याक

डिसी नेपाल
७ कार्तिक २०७७ १०:२८
292
Shares

काडमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटरको पासवर्ड एक डच अनुसन्धानकर्ताले सफल रुपमा अनुमान गरेलगत्तै उनको ट्वीटर ह्याक भएको नेदरल्याण्डको मिडियाले दावी गरेका छन् । डच सुरक्षा विशेषज्ञ भिक्टर गेभर्सले ट्रम्पको डाइरेक्ट म्यासेजसम्म पहुच पाएको, उनको नामबाट ट्वीट पोस्ट गर्न सक्ने भएको र उनको प्रोफाइल समेत परिवर्तन गर्न सक्षम भएको डच अखबार डे भोक्सक्रान्टले लेखेको छ ।

गेभर्सले यसअघि पनि २०१६ मा ट्रम्पको ट्वीटरमा लग इन गर्न सफल भएका थिए । अहिले पनि उनले ट्रम्पको पासवर्ड अनुमान गरेकै भरमा उनको ट्वीटरमा लग इन गर्न सफल भएका हुन् । उनले पाँचौं प्रयासमा ट्रम्पको पासवर्ड ‘maga2020’ राखेर ट्रम्पको ट्वीटरमा लग इन गर्ने प्रयास गरे जसले काम गर्यो । maga को पूरा रुप Make America Great Again हो जुन उनले आफ्नो अभियानका क्रममा निरन्तर प्रयोग गरिरहेका छन् ।

‘४ पटक असफल प्रयास गरेपछि मलाई ब्लक गरिन्छ भन्ने मलाई लागेको थियो । अथवा मसँग थप जानकारी उपलब्ध गराउन भनिन सक्थ्यो’ गेभर्सले डे भोक्स्क्रान्टसँग भने । ट्वीटरले भने यो खबरको खण्डन गरेको छ । ट्वीटरले यो दावीलाई पुष्टि गर्ने कुनै पनि किसिमको प्रमाण नदेखिएको दावी गरेको छ । गेभर्सले भने आफूले लग इन गर्ने क्रममा ट्रम्पले ट्वीटरमा सुरक्षाका आधारभूत मापदण्ड पनि नअपनाएको पाएको बताएका छन् ।

एक दिनपछि गेभर्सले ट्रम्पको ट्वीटरमा टु स्टेप भेरिफिकेसन एक्टिभेट गरिएको पाए । त्यसको २ दिनपछि सिक्रेट सर्भिसले उनलाई सम्पर्क गर्यो । डे भोक्सक्रान्टका अनुसार सिक्रेट सर्भिसले सुरक्षासम्बन्धी कमजोरी अगाडि ल्याइदिएकोमा गेभर्सलाई धन्यवाद दिए । गेभर्सले ट्रम्पको पासवर्ड अनुमान गरेको यो पहिले पटक होइन । २०१६ मा पनि उनी र अन्य २ जनाले पनि सफलतापूर्वक ट्रम्पको पासवर्ड अनुमान गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.